close

राती स्मार्टफोन चलाउने पुरुषको प्रजनन क्षमता घट्दै

टेकपाना टेकपाना

भदौ १५, २०७७ १०:१

राती स्मार्टफोन चलाउने पुरुषको प्रजनन क्षमता घट्दै

काठमाडौं । के तपाईं रातीको समयमा धेरै मोबाइल चलाउनुहुन्छ ? यदि चलाउनुहुन्छ भने तपाईंका लागि सुखद खबर छैन । एक अध्ययनले राती धेरैबेर स्मार्टफोन चलाउने पुरुषहरूको प्रजनन क्षमता निकै कमजोर हुने प्रतिवदेन सार्वजनिक गरेको छ ।

अमेरिकन एकाडेमी अफ स्लीप मेडिसिनको एक अध्ययनले यस्तो तथ्य बाहिर ल्याएको हो । अनुसन्धानकर्ताहरुले राती हुने इलेक्ट्रोनिक्स उपकरणको प्रयोग र शुक्रकिटको कम गुणस्तरबीचको सम्बन्ध पहिचान गरेका हुन् ।

लामो समयदेखि स्मार्टफोनजस्ता डिजिटल डिभाइस राती प्रयोग गर्दा पुरुषको प्रजनन क्षमता घट्ने चर्चा गरिएपनि कुनै वैज्ञानिक अनुसन्धानले यसलाई प्रमाण्णित गरेको थिएन । यो अनुसन्धानले डिजिटल मिडियाबाट आउने तापक्रम तथा विकिरण र शुक्रकिटको गुणस्तरलाई मुख्य विषय बनाएर अध्ययन गरेको थियो ।

अनुसन्धानकर्ताहरुले २१ देखि ५९ वर्ष उमेरका एक सय १६ पुरुषको विर्य नमुना संकलन गरेका थिए । सहभागीहरूले उनीहरूको सुत्ने/निदाउने दैनिकी र इलेक्ट्रोनिक उपकरणहरूको प्रयोगको बारेमा प्रश्नावलीअनुसार जवाफ दिएका थिए ।

पुरुषहरु जसले बेलुकीको समयमा बढी मोबाइल चलाउँछन् उनीहरुको शुक्रकिटको कन्सन्ट्रेशन घटेको पाइयो र उनीहरुको शुक्रकिटमा गतिशीलताको अभाव रहेको थियो ।

वैज्ञानिकहरुले मोबाइल फोनबाट आउने रेडियो फ्रिक्वेन्सी इलेक्ट्रोम्याग्नेटिक विकिरण नै यो परिवर्तनको कारण हो भनेका छन् । यसले शुक्रकिटको तापक्रम बढाउँछ र उत्पादनमा अवरोध गर्छ ।

एनएचएस वेबसाइटका अनुसार उत्तम गुणस्तरको शुक्राणु उत्पादन गर्न शरीरको बाँकी भाग भन्दा अण्डकोष शितल राख्नुपर्दछ ।

अनुसन्धानले यो पनि उल्लेख गरेको छ कि कसिलो अन्डरवेयर लगाउदाँ शुक्रकिटको गुणस्तरमा कुनै असर पर्दैन ।

साथै लामो समयसम्म सुत्ने मानिसमा शुक्रकिट बढि गतिशील हुने निश्कर्ष निकालेको यो अध्ययनले कम निद्रा भएका पुरुषहरूमा शुक्राणुको गुणस्तर कम रहने तथ्य ल्यायो ।

यो अध्ययन स्लीप जर्नलमा प्रकाशित छ भने भर्चुल स्लीप २०२० मा प्रस्तुत गरिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०