close

अनलाइनमा रोबोटिक्स र प्रोग्रामिङ सिकाउँदै र्‍यान

टेकपाना टेकपाना

भदौ १५, २०७७ १०:४३

अनलाइनमा रोबोटिक्स र प्रोग्रामिङ सिकाउँदै र्‍यान

काठमाडौं । रोबोटिक्स एसोसियसन अफ नेपाल (र्‍यान) ले रोबोटिक्स तथा प्रोग्रामिङ सम्बन्धि अनलाइन कक्षा सुरु गर्ने भएको छ । र्‍यानले विभिन्न तीन विषयमा एक दिने कोर्ष पढाउने गरी रजिस्ट्रेसन खुल्ला गरेको हो ।

र्‍यानका अनुसार आउँदो साता सञ्चालन हुने यी कोर्षहरुका लागि तीन सय रुपैयाँ शूल्क राखिएको छ । जसमा जुनसुकै उमेर समूहका व्यक्तिहरुले आवेदन दिन सक्नेछन् ।

बिहान १०ः३० देखि बेलुका ४ बजेसम्म सञ्चालन हुने यी कोर्षहरु उज्वल एजुकेसन कार्यक्रम अन्तर्गत सञ्चालनमा ल्याइएको हो । र्‍यानका अनुसार आइतबार अर्डुइनो प्रोग्रामिङ, मंगलबार रोस (थ्रीडी रोबोट साइमल्टेसन) र बिहीबार एन्ड्रोइड एप्लिकसेन डेभलपमेन्ट सम्बन्धि कोर्ष पढाइनेछ ।

कोर्षका लागि निर्धारित शूल्क नेपाल इन्भेस्टमेन्टको बैंक खाता, ईसेवा, फोन पेको क्यूआर पेमेन्ट आदि माध्यमबाट भुक्तानी गर्न सकिनेछ । र्‍यान रोबोटिक्सका थप नयाँ कोर्षहरु समेत सार्वजनिक गर्ने तयारीमा रहेको छ ।

यदि तपाईं यो कोर्ष लिन चाहनुहुन्छ भने यहाँ क्लिक गरी रजिस्ट्रेसन गराउन सक्नुहुनेछ । कोर्षको विषयमा विविध जानकारी यही लिङ्क भित्र समावेश गरिएको छ ।

अनलाइनको माध्यमबाट नेपालभरबाट पढ्न चाहनेहरुका लागि यी कोर्षहरु ल्याइएकोर्‍यानका अध्यक्ष विकास गुरुङको भनाई छ । ‘अहिले प्रविधिले यस किसिमका कक्षाहरु सञ्चालन गर्न सहज बनाइदिएको छ,’ गुरुङले टेकपानासँग भने, ‘अब छिट्टै नेपाल बाहिरका लागि पनि हामी रोबोटिक्स विषयका कक्षाहरु ल्याउँदै छौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०