close

यसरी रिकभर गर्नुहोस्, ह्वाट्सएपमा डिलिट भएको म्यासेज

टेकपाना टेकपाना

भदौ १५, २०७७ १२:६

यसरी रिकभर गर्नुहोस्, ह्वाट्सएपमा डिलिट भएको म्यासेज

काठमाडौं । अहिलेको कोरोना महामारीको बेला तपाईं हामीलाई आपसमा सम्पर्कमा रहन ह्वाट्सएपले महत्वपूर्ण साथ दिएको छ । यसमा हामीले व्यक्तिगतका साथसाथै सहकर्मी तथा साथीहरुसँग कार्यालय र कामसँग सम्बन्धित म्यासेजहरु आदान प्रदान गरिरहेका हुन्छौं । 

यस्तोमा कहिले काहिँ महत्वपूर्ण म्यासेजहरु डिलिट भइरहेका हुन्छन् । आईफोन प्रयोगकर्तालाई ह्वाट्सएपमा डिलिट भएको म्यासेज रिकभर गर्न मुस्किलको काम भए पनि एन्ड्रोइड प्रयोगकर्ताले भने भर्खरै डिलिट भएको म्यासेज फिर्ता ल्याउन सक्छन् । 

आज हामी तपाईंलाई त्यसका लागि केही यस्ता टिप्स बताउँदै छौं, जसले ह्वाट्सएपमा डिलिट भएको म्यासेज फिर्ता ल्याउन सघाउनेछ । तर शतप्रतिशत रुपमा नतिजा दिन भने यो असफल छ । 

विण्डोज  तथा म्याकमा आधारित कम्प्युटरको सहयोगमा प्रयोगकर्ताले त्यस किसिमको आफ्नो आवश्यकताको नजिक पुग्न सक्छन् ।

यस्तो छ ह्वाट्सएपमा डिलिट भएका म्यासेज रिकभर गर्ने तरिका

  • आफ्नो विण्डोज तथा म्याक कम्प्युटरमा डीआर डट फोन (dr.fone) रिकभरी टूल डाउनलोड गरी इन्स्टल गर्नुहोस् । 
  • आफ्नो एन्ड्रोइड स्मार्टफोनलाई यूएसबी केबलमार्फत आफ्नो कम्पयुटरसँग जोड्नुहोस् ।
  • अब आफ्नो कम्प्युटरमा डीआर डट फोन एप खोल्नुहोस् ।
  • त्यसमा रहेको मेन मेनुमा जानुहोस् र रिकभर अप्सनमा क्लिक गर्नुहोस् ।
  • अब बायाँतर्फ तपाईंले फोल्डरहरुको लिस्ट फेला पार्नुहुनेछ ।
  • यसमा ह्वाट्सएप म्यासेज तथा अट्याचमेन्ट फोल्डलरलाई लोकेट गर्नुहोस् ।
  • फोल्डरलाई छनौट गरी अगाडि बढ्न कन्फर्ममा क्लिक गर्नुहोस् ।
  • यस किसिमको प्रक्रियाबाट तपाईं सजिलै डिलिट भएका महत्वपूर्ण तस्वीर, डकुमेन्ट र म्यासेज रिकभर गर्न सक्नुहुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०