close

एसएमएसबाटै यसरी थाहा पाउनुहोस् ल्याण्डलाइनको बिल

टेकपाना टेकपाना

भदौ १५, २०७७ १६:४६

एसएमएसबाटै यसरी थाहा पाउनुहोस् ल्याण्डलाइनको बिल

काठमाडौं । अब नेपाल टेलिकमको ल्याण्डलाइनको बिल एसएमएसबाटै चेक गर्न सकिने भएको छ । कम्पनीले ग्राहकको सहजतका लागि मोबाइल ब्यालेन्स चेक गरेजत्तिकै सहज रुपमा ल्याण्डलाइनको बिलको जानकारी लिन सकिने बनाएको हो ।

कम्पनीका अनुसार ल्याण्डलाइनको बिलको जानकारी लिन अंग्रेजी ठूलो अक्षरमा सीबी टाइप गरी एरिया कोड सहितको ल्याण्डलाइन नम्बर राखेर (उदाहरणको लागि CB 015705254 ) १४१५ मा एसएमएस पठाउनुपर्नेछ ।

यति गरेसँगै तपाईंको ल्याण्डलाइनको ड्यू अमाउण्ट र क्रेडिट लिमिटको जानकारी तुरुन्तै एसएमएसकै रुपमा तपाईंको मोबाइलमा प्राप्त हुनेछ ।

यस अघि कम्पनीको मोबाइल एप तथा कार्यालयसम्म पुगेर ल्याण्डलाइनको बिलको जानकारी लिनुपर्ने अवस्था रहेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०