close

अनलाइनमै निःशुल्क प्रोग्रामिङ सिकाउँदै ब्रोड वे इन्फोसिस, सेसनमा सहभागी हुन यसो गर्नुहोस्

टेकपाना टेकपाना

भदौ १५, २०७७ १८:३४

अनलाइनमै निःशुल्क प्रोग्रामिङ सिकाउँदै ब्रोड वे इन्फोसिस, सेसनमा सहभागी हुन यसो गर्नुहोस्


काठमाडौं । ब्रोड वे इन्फोसिसले अनलाइनबाटै प्रोग्रामिङको सीप प्रदान गर्ने भएको छ । त्यसका लागि कम्पनीले मर्न (एमईआरएन) स्ट्याक सेसन अनलाइनमै आयोजना गरिरहेको छ ।

जसमार्फत सहभागीले वेबसाइट निर्माणका लागि आवश्यक पर्ने फ्रन्ट ईन्ड तथा ब्याक ईन्ड दुवैको ज्ञान हासिल गर्न सक्नेछन् । मर्न स्ट्याकको अर्थ प्रोग्रामिङको लागि आवश्यक पर्ने मोंगो डीबी, एक्सप्रेस जेएस, रिएक्ट जेएस र नोड जेएसको समिश्रण हो ।

यसअघिका दिनमा यी दुवै सिक्नका लागि ग्राफिक्स डिजाइन, कोडिङ लगायतका विषय छुट्टाछुट्टै रुपमा पढ्नुपर्ने वाध्यता थियो । तर, अब मर्न स्ट्याक सेसन मार्फत सहभागीले सबै कुरा एकै ठाउँमा सिक्न पाउने छन् ।

योे सेसन एक दशकभन्दा बढी यो क्षेत्रमा अनुभव हासिल गरेका विज्ञबाट सञ्चालन हुने कम्पनीले जनाएको छ । साथै सेसनमा सहभागीहरुले प्रोगामिङका विभिन्न अवसरहरुबारे ज्ञान हासिल गर्न पाउनेछन् ।

कार्यक्रम दिनमा दुई घण्टाका दरले जम्मा चार दिनसम्म सञ्चालन हुनेछ । बिहान १० बजेबाट दिउँसो १२ बजेसम्म आयोजना हुने कक्षा आउँदो भदौ २१ गते आइतबारबाट सुरु हुनेछ ।

कार्यक्रममा सहभागी हुनका लागि भदौ २० गतेसम्म आफ्नो नाम दर्ता गराइसक्नुपर्ने छ । त्यसका लागि इच्छुकले यहाँ क्लिक गरी आफ्नो सिट सुरक्षित गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०