close

सजिलोसँग यसरी बुझ्नुहोस् ब्लकचेन प्रविधि र यसको काम

टेकपाना टेकपाना

भदौ १६, २०७७ १२:४५

सजिलोसँग यसरी बुझ्नुहोस् ब्लकचेन प्रविधि र यसको काम

काठमाडौं । तपाईंले ब्लकचेनको बारेमा सुन्दै आइरहनु भएको होला । तर यसको बारेमा धेरै कमलाई थाहा छ । खासमा ब्लकचेन एक किसिमको प्रविधि हो, जसले बिटक्वाइन तथा अन्य आधार सेवालाई एउटा व्यक्तिबाट अर्कोसम्म पुर्‍याउन सहयोग गर्दछ ।

यसलाई क्रिप्टोकरेन्सीको वालेट पनि भन्न सकिन्छ । यसले बिटक्वाइनको डेटा चार्ट र बजारकाे जानकारी पनि दिन्छ । उदाहरणका लागि यदि एउटा व्यक्तिले नेपालबाट लण्डनमा रहेको अर्का व्यक्तिलाई पैसा पठाउनु छ भने एउटा विश्वासिलो तेस्रो पक्षको आवश्यकता पर्दछ, जस्तै; बैंक, वेस्टर्न यूनियन, पेपल आदि । 

साथै केही अमाउन्ट चार्ज पनि लाग्न सक्छ । तर ब्लकचेन प्रविधिबाट कुनै पनि व्यक्तिले थोरै मिनेटमै त्यो पैसा पठाउन सक्छ । अनि कारोबार शुल्क पनि एकदमै थाेरै ।  

ब्लकचेनको आविष्कार २००८ मा सतुसी नाकामोतोले गरेका हुन् । बिटक्वाइन सर्भिसका लागि उनले यसको आविष्कार गरेका थिए । ब्लकचेक एउटा यस्तो प्रविधि हो, जसको मद्दतबाट पैसा विश्वको कुनै पनि कुनाबाट कुनै पनि व्यक्तिका लागि बिना बैंक वा भुक्तानी सेवा प्रयोग गरी सम्पन्न गर्न सकिन्छ ।  

ब्लकचेन सबैभन्दा पहिले बिटक्वाइनका लागि सुरु गरिएको थियो । तर अहिले अन्य धेरै वैकल्पिक क्वाइनहरु पनि यसअन्तर्गत आइसकेका छन् । ब्लकचेन एउटा खुल्ला लेजर हो । यसमा कुनै पनि एउटा नेटवर्कमा जति पनि व्यक्ति हुन्छन् ती सबैलाई कसले कसलाई कति भुक्तानी गर्दैछ भनेर थाहा हुन्छ ।

साथै त्यो लेनदेन भ्यालिड हो वा होइन भनेर त्यस नेटवर्कमा रहेका सदस्यहरुले निर्क्यौल पनि गर्न सक्छन् । तपाईंले गर्ने कारोबारको डेटाबेस हजारौं कम्प्युटरमा राखिएको हुन्छ ।

ब्लकचेन ह्याक गर्न मुश्किल छ । यसका लागि ह्याकरले एकैपटक धेरैवटा कम्प्युटरहरु ह्याक गर्नुपर्छ । यसैकारण ब्लेकचेनलाई सुरक्षित मानिन्छ ।  

ब्लकचेनको प्रयोग पहिलोपटक २००८ मा भएको थियो जब डिजिटल करेन्सी बिटक्वाइनको आविष्कार भएको थियो । यो एउटा डिसेन्ट्रलाइज क्रिप्टोकरेन्सी हो । जुन कुनै पनि देश वा बैंकको अधिनमा हुँदैन । 

ब्लकचेनको प्रयोग क्रिप्टोकरेन्सीबाट सुरु भयो । तर विस्तारै यसको प्रयोग सार्वजनिक तथा सरकारी निकायमा पनि गरिने तयारी भइरहेको छ । ब्लकचेन सार्वजनिक हुने भएको हुँदा यसमा घोटला हुने सम्भावना हुँदैन र यो फल्ट टोलरेन्ट हुने भएकोले यसबाट डेटा  हराउने डर पनि हुँदैन ।

यदि कम्प्युटरको हार्ड डिस्क वा र्‍याम खराब भयो भने केही चल्दैन । तर ब्लकचेन प्रविधिमा एकै साथ धेरै कम्प्युटरमा चल्ने हुँदा कारोबार कहिल्यै पनि राेकिन्न । आज ब्लकचेन प्रविधिमा क्रिप्टोकरेन्सीले काम गरिरहेको छ ।

आगामी दिनमा बैंकिङ क्षेत्रले पनि ब्लकचेन प्रविधिमा काम गर्नेछ किनभने यो सजिलो र सुरक्षित छ । ब्लकचेन प्रविधि एउटा डिस्ट्रिब्युटर डेटाबेस हो । यी डेटा एउटा वा दुईवटा कम्प्युटरमा रहँदैनन् । यी हजारौं, लाखौं कम्प्युटरमा रहन्छन् ।

ब्लकचेनका हरेक कम्प्युटर हरेक कारोबारको इतिहास विस्तृतरुपमा राख्छ र त्यो पूर्णरुपमा गोपनीय हुन्छ । नयाँ रेकर्ड राख्नका लागि धेरै पार्टनरहरुको अप्रुभलको आवश्यकता पर्दछ । कुनै पनि डिजिटल सूचनालाई सुरक्षित राख्नका लागि यसको प्रयोग गरिन्छ ।

अहिले सबै विभागहरुले विस्तारै यो प्रविधिलाई प्रयोग गर्न सुरु गर्दैछ । विश्वविद्यालयको डिग्री होस् वा राहदानी ब्लकचेनमा राखियो भने कसैले यसलाई ह्याक गर्न पनि सक्दैन र यसको नक्कल पनि बनाउन सक्दैन ।

यदि सरकारको स्किमअनुसार कुनै पनि गरिब व्यक्तिलाई पैसा दिनु पर्‍यो वा कसैलाई राहत दिनु पर्‍यो भने कुनै पनि थर्ड पार्टीको सहयोगविना ब्लकचेनको माध्यमबाट मोबाइलमार्फत सिधै यो पुर्‍याउन सकिन्छ ।

एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०