close

सोनी एक्सपेरिया एट लाइट सार्वजनिक, एक्सपेरिया टेनभन्दा के छ फरक ?

टेकपाना टेकपाना

भदौ १६, २०७७ १६:७

सोनी एक्सपेरिया एट लाइट सार्वजनिक, एक्सपेरिया टेनभन्दा के छ फरक ?

काठमाडौं । सोनी एक्सपेरियाको नयाँ फोन एक्सपेरिया एट लाइट सार्वजनिक भएको छ । तर यो फोन २०१९ मा सार्वजनिक भएको एक्सपेरिया टेनजस्तै रहेको रिपोर्टहरु आएका छन् ।

यो फोन सोनी जापानको वेबसाइटमा पनि राखिएको छ । यसका फीचरहरुको सूची हेर्दा यो एक्सपेरिया टेनजस्तै रहेको छ ।

याे स्मार्टफाेनमा ६ इन्चको फूल एचडी प्लस एलसीडी डिस्प्ले छ। यसमा २८७० एमएएचको ब्याट्री क्षमता छ । साथै ३.५ एमएमको हेडफोन ज्याक र क्वालकम स्नापड्रागन ६३० प्रोसेसर छ । यसर्थ सानो साइजको ब्याट्री र तीन वर्ष पुरानो चिपसेटलाई हेर्दा यो फोन आउटडेटेड देखिन्छ । 

स्मार्टफाेनमा ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टाेरेज छ । फाेनका कतिपय विशेषता हेर्दा २०२० काे स्मार्टफाेन बजारका लागि निराशाजनक विशेषता मान्न सकिन्छ ।

सोनी एक्सपेरिया एट लाइट र एक्सपेरिया टेन टू बीचको मुख्य फरक भनेकै क्यामेरा हो । पुरानो फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा र ५ मेगा पिक्सेलको डेप्थ सेन्सिङ स्नापर छ । यस्तै नयाँ फोनमा १२ मेगा पिक्सलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको कोम्बो रहेको छ । 

यस्तै सफ्टवेयरकाे कुरा गर्दा पनि यसमा एन्ड्राेइड पाइ अर्थान् एन्ड्राेइड नाइन छ । कम्पनीले एन्ड्राेइड टेन वा त्यसपछिका संस्करणमा अपग्रेड गर्न सकिन्छ या सकिन्न भन्ने विषयमा पनि केही जानकारी दिएकाे छैन ।

तत्कालका लागि जापानी बजारमा मात्र उपलब्ध हुने याे स्मार्टफाेनकाे मूल्य २९,८०० यूआन अर्थात् ३३ हजार नेपाली रूपैयाँ रहेकाे छ ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०