close

इन्टरनेटमा यसरी खोज्नुहोस्, कपी राइट नलाग्ने तस्वीर

टेकपाना टेकपाना

भदौ १६, २०७७ २०:१३

इन्टरनेटमा यसरी खोज्नुहोस्, कपी राइट नलाग्ने तस्वीर

काठमाडौं । डिजिटल कन्टेन्ट क्रियसन (सिर्जना) को आवश्यकता र महत्व पछिल्लो समय निकै बढेको छ । यसका लागि फोटोको स्टक एकदमै महत्वपूर्ण हुन्छ ।  

तर उपयुक्त फोटो नपाउँदा कठिनाई उत्पन्न भइरहेको हुन्छ र कहिले काहिँ कानूनी परिबन्धमा समेत पर्ने भय रहन्छ । यस्तो अवस्थामा गूगलको नयाँ अपडेटले पक्कै पनि तपाईंलाई केही मात्रामा राहत दिनेछ । 

ईमेज सर्चको नयाँ अपडेटले लाइसेन्स लिनुपर्ने तस्वीरहरु प्राप्त गर्न सहज बनाएको छ । साथै यसमा कपी राइट फ्री अर्थात प्रतिलिपी अधिकार नलाग्ने विकल्प त छँदैछ । 

नयाँ अपडेटबाट कसरी फाइदा लिने ? 

  • त्यसमा रहेको टूल्समा क्लिक गरी फिल्टर मेनुलाई विस्तार गर्नुहोस् । 
  • सुरुमा सामान्य रुपमा गूगलमा आफूले चाहेको तस्वीर सर्च गर्नुहोस् । 
  • अब युसेज राइट्स भित्र तपाईंले लाइसेन्स चाहिनेदेखि सित्तैमा व्यसायिक रुपमा प्रयोग गर्न सकिने तस्वीरहरु खोज्न सकिने विलक्पहरु फेला पार्नु हुनेछ । यसमा रहेको आकर्षक अनि महत्वपूर्ण फीचर भनेको तापईंले लाइसेन्सयुक्त तस्वीरको अधिकार कसरी प्राप्त गर्ने भन्ने जानकारी डिस्क्रिप्सनमै पाउनुहुनेछ । 
  • यदि तपाईंले युसेज राइट्सभित्रका कुनै पनि अप्सनमा चिन्ह लगाउनु भएन भने सामान्य रुपमा तपाईंले सर्च गरेको दायराभित्रका सबै तस्वीरहरु देखा पर्नेछन् । 
  • लाइसेन्स सम्बन्धी विवरण उपलब्ध नभएका तस्वीरहरुमा एउटा चेतावनीपूर्ण लेबल लागेको हुनेछ, ‘ईमेज मे बी सब्जेक्ट टु कपीराइट‘ । वास्तवमा यसको कुनै अर्थ छैन । गूगलले क्रियटर तथा प्रकाशकबाट कपी राइटको सूचना उपलब्ध भएका तस्वीरहरुमा मात्र लाइसेन्सको विवरण हाइलाइट गर्छ । 
  • थाहा नपाएरै कपीराइट लाग्ने तस्वीर प्रयोग गर्नबाट जोगिन तपाईंका लागि कपी राइटको जानकारी अभाव भएका तस्वीरहरु फिल्टर गर्नु नै उपयुक्त निर्णय हुन सक्छ । 

यदि तपाईंले गूगलमा आफूलाई उपयुक्त फोटो फेला पार्न सक्नु भएन भने कपी राइट फ्री स्टक फोटो वेबसाइट अर्को विकल्प  हुन सक्छ । त्यसका लागि केही उपयुक्त विकल्पहरु यी हुन सक्छन् ।

यदि तपाईं कपीराइट नलाग्ने पीएनजी तस्वीरहरुको खोजिमा हुनुहुन्छ भने पीएनजीप्ले, आईकनएटपीएनजी ईमेजमा गएर चेक गर्न सक्नुहुन्छ ।

यस्ता विल्पबाट प्राप्त हुने तस्वीरहरु गूगल फोटो सर्चबाट सहजै फेला नपर्न सक्छन् । यी साइटमा गएर सर्च गर्नुभयो भने तपाईंले तुलनात्मक रुपमा तस्वीरहरु गुणस्तरीय रुपमा फेला पार्न सक्नुहुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०