close

स्मार्टको रिचार्जमा निःशुल्क ६ जीबी डेटा, २०० मिनेट टकटाइम र २०० एसएमएस

टेकपाना टेकपाना

भदौ १७, २०७७ ९:०

स्मार्टको रिचार्जमा निःशुल्क ६ जीबी डेटा, २०० मिनेट टकटाइम र २०० एसएमएस

काठमाडौं । निजी मोबाइल सेवाप्रदाय कम्पनी स्मार्ट टेलिकमले आकर्षको रिचार्ज अफर सार्वजनिक गरेको छ । कम्पनीले रिचार्जमा निःशुल्क ६ जीबी डेटा, २०० मिनेट टकटाइम र २०० एसएमएस दिने भएको हो । 

कम्पनीका अनुसार १००० रुपैयाँको रिचार्जमा ९८०.४ रुपैयाँको मेन ब्यालेन्ससँगै ६ जीबी डेटा, २०० मिनेट टकटाइम र २०० एसएमएस प्राप्त गर्न सकिनेछ । त्यस्तै पाँच सय रुपैयाँको रिचार्जमा ४९०.०२ रुपैयाँ मेन ब्यालेन्सको साथमा तीन जीबी डेटा सहित १०० मिनेट टकटाइम र १०० एसएमएस निःशुल्क रुपमा प्राप्त हुनेछ । 

यसैगरी स्मार्टको रिचार्ज अफर १०० रुपैयाँको रिचार्जमा ९८.०४ रुपैयाँ मेन ब्यालेन्ससँगै बोनसको रुपमा ४०० एमबी डेटा तथा १० मिनेट टकटाइम र १० वटा एसएमएस निःशुल्क प्राप्त हुनेछ ।

यसरी प्राप्त हुने बोनस सुविधा १००० रुपैयाँ र ५०० रुपैयाँ रिचार्जका लागि ३० दिन, २०० रुपैयाँका लागि १५ दिन र १०० रुपैयाँका लागि सात दिनको मान्य अवधि रहेको छ । 

रिचार्जमै क्यासब्याकको बेग्लै अफर

कम्पनीले रिचार्ज बोनस मात्रै होइन आकर्षक क्यासब्याक अफर समेत उपलब्ध गराइरहेको छ । जसअनुसार खल्तीबाट स्मार्टको रिचार्ज तथा टपअप गर्दा पाँच प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ । साथै २० जना भाग्यशाली विजेताले शत प्रतिशत क्यासब्याक पाउनेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०