close

बेजोसकी पूर्व पत्नी म्याकेञ्जी बनिन् विश्वकै सबैभन्दा धनी महिला

टेकपाना टेकपाना

भदौ १७, २०७७ २१:३५

बेजोसकी पूर्व पत्नी म्याकेञ्जी बनिन् विश्वकै सबैभन्दा धनी महिला

काठमाडौं । कोरोना महामारीपछि प्रविधि कम्पनीहरुको स्टक बजारमा आएको परिवर्तनसँगै शीर्ष अमेरिकी धनाढ्यहरुको सूचीमा पनि परिवर्तन आएको छ । अमेजनका सीईओ एवं संस्थापक जेफ बेजोससँग गत वर्ष सम्बन्धविच्छेद गरेकी उपन्यासकार तथा परोपकारी म्याकेन्जी स्कट अहिले विश्वकै सबैभन्दा धनाढ्य महिलाको सूचीमा पर्न सफल भएकी छिन् । 

ब्लूमबर्गको अर्बपतिहरुको इन्डेक्स अनुसार म्याकेञ्जी ६६.४ अर्ब अमेरिकी डलर सहित विश्वकै सबैभन्दा धनी महिला बनेकी हुन् । गत हप्ता मात्र टेस्लाका सीईओ एलोन मस्कले फेसबुकका सीईओ तथा सहसंस्थापक मार्क जुकरबर्गलाई पछाडि पार्दै विश्वका तेस्रो धनाढ्य व्यक्ति बन्न सफल भएका थिए । उनी अघि पहिलो नम्बरमा जेफ बेजोस र दोस्रोमा बिल गेट्स रहेका छन् । 

गत मार्चदेखि लकडाउन सुरु भएयता एउटा अधिकारकर्मीहरुको समूह ट्याक फेयरनेस फर अमेरिकन्सको विश्लेषणअनुसार अमेरिकी अर्बपतिहरुको समग्रमा औषत सम्पत्ति आठ अर्ब डलरले बढेको छ । जुन २५ प्रतिशत भन्दा धेरै हो । 

सम्बन्ध विच्छेदपछि म्याकेन्जीको अमेजनमा चार प्रतिशत शेयर रहेको छ । लकडाउनका कारण मानिसहरु घरभित्रै बसेका कारण अनलाइन बिक्री तथा होम डेलिभरी बढ्दा अमेजनको शेयर मूल्य दुई हजार डलरदेखि ३५ सय डलर पुगेको छ ।

यसबीच टेस्लाको स्टकको खरिद बिक्री पनि बढ्यो । उसको शेयर मूल्य यो वर्ष ५०० प्रतिशतले बढेपछि टेस्लाले विद्युतीय सवारीको बजारमा लामो समयसम्म बर्चश्व कायम गर्ने प्रक्षेपण गरिएको छ । 

यसअवधिमा रोबिनहूड जस्तो लो इन्ट्री तथा लो कस्ट खुद्रा लगानीका प्लेटफर्मको मूल्य पनि अर्निङ रेसियोमा पुगेको छ । 

गत मार्चदेखि मस्कको भाग्य पनि तीन गुणाले चम्किएको छ । यदि मस्कले सम्झौता गरेको सबै प्रदर्शन उद्देश्य हालिस गरे भने उनको बोर्डले उनलाई ५० अर्ब डलर भुक्तानी गर्नेछ । हालै छलफल भएको पे प्याकेजको हिस्साको रुपमा उक्त सम्झौता गरिएको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०