close

ट्वीटरमा अब ‘ट्रेन्डिङ टपिक’ , जसले बताउँछ चर्चामा रहनुको कारण

टेकपाना टेकपाना

भदौ १८, २०७७ १५:७

ट्वीटरमा अब ‘ट्रेन्डिङ टपिक’ , जसले बताउँछ चर्चामा रहनुको कारण

काठमाडौं । ट्वीटरमा धेरै चर्चामा रहेको विषय ट्रेन्डिङमा रहने गर्छ । तर, कतिपय अवस्थामा उक्त विषय किन ट्रेन्डिङमा पर्‍यो, त्यस पछाडिको यथार्थ कतिपय प्रयोगकर्ताले बुझ्न सकेका हुँदैनन् ।

अब ट्वीटरले आफ्ना प्रयोगकर्तालाई कुनै पनि विषय किन ट्रेन्डिङमा छ भनी जानकारी दिन सुरु गरेको छ । यसअघि ट्रेन्डिङको टपिक मात्रै देखाउने गरेकोमा अब प्रयोगकर्ताले टेन्डिङ वर्डका साथै त्यसको कारण समेत सँगै देख्न सकिने भएको छ ।

यो सुविधा हाल अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, कोलम्बिया, इजिप्ट, फ्रान्स, भारत, आयरल्याण्ड, जापान, मेक्सिको, न्युजिल्याण्ड, साउदी अरेबिया, स्पेन, बेलायत, युएई र अमेरिकामा लागि दिइएकाे छ ।

उल्लेखित देशमा रहेका ट्वीटर प्रयोगकर्ताले यो सुविधा एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा प्रयोग गर्न पाउनेछन् ।

चाँडै यो सुविधा वेब भर्सनमा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो सुविधा चाँडै नै विश्वव्यापी रुपमा लागू गरिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०