close

‘हेट स्पीच’ का कारण भाजपा नेतालाई फेसबुकको कारबाही !

टेकपाना टेकपाना

भदौ १८, २०७७ १३:२४

‘हेट स्पीच’ का कारण भाजपा नेतालाई फेसबुकको कारबाही !

काठमाडौं । साेसल मिडिया जायन्ट फेसबुकले भारतको सत्ताधारी दल भारतीय जनता पार्टीका एक नेतालाई आफ्नो प्लेटफर्म प्रयोग गरी हेट स्पीच दिएकोमा प्रतिबन्ध लगाएकाे छ । फेसबुकले हेट स्पीच नियम उल्लंघन गरेकाे भन्दै भाजपा नेता टी राजा सिंहलाई फेसबुकको कुनै पनि सेवा प्रयोग गर्नबाट प्रतिबन्ध लगाएका छ ।

भारतमा फेसबुकले सत्ताधारी दलसँग मिलेर पक्षपात गरिरहेको आरोप लागेको बेला भाजपाकै नेतामाथि फेसबुकले यस्तो एक्सन लिएको छ ।

नेता सिंहले मुस्लिम समुदाय विरूद्द उत्तेजनात्मक पाेस्ट गर्दै आएका थिए । सिंहले अब फेसबुकमा प्रोफाइल बनाउन वा अन्य कुनै सेवा लिन पाउने छैनन् । फेसबुकले सिंहलाई खतरनाक व्यक्तिको संज्ञाकाे दिएकाे छ ।

उनले लामाे समयदेिख समस्या सिर्जना गर्ने र घृणा फैलाउने अभिव्यक्ति दिँदै आइरहेकाे बताइएकाे छ । यसअघि पनि हेट स्पीचकै कारण सिंहको पोस्ट फेसबुकले हटाएको थियो ।

केही समयअघि भारतको सत्ताधारी र विपक्षी दुवै पार्टीले फेसबुकले राजनीतिक पूर्वाग्रह राखेको आरोप लगाएका थिए । भारतमा फेसबुक निकै लाेकप्रिय छ । त्यहाँ कुल जनसंख्यामध्ये ४० करोडले फेसबुक चलाउँछन् ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०