close

आकर्षक बोनस डेटासहित फेसबुक, युट्युव र टिकटकका लागि एनसेलको ननस्टप अफर

टेकपाना टेकपाना

भदौ १८, २०७७ १८:४९

आकर्षक बोनस डेटासहित फेसबुक, युट्युव र टिकटकका लागि एनसेलको ननस्टप अफर

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक योजना सार्वजनिक गरेको छ । बोनस डेटाका साथै युट्युब, टिकटक र फेसबुक नन्‌स्टपरुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले आकर्षक अफर ल्याएको हो ।

एनसेलले आफ्नो हाल संचालनमा रहेको नन्‌स्टप युट्युव प्लस अफरमा थप विकल्प प्रदान गर्दै नयाँ अफरहरु ल्याइएको जनाएको छ । ‘प्लस’ थिम अन्तर्गत ल्याइएका यी ननस्टप अफरहरु बिहीबारदेखि संचालनमा आएका छन् । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरपल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको छ ।

यो आकर्षक योजनामा ग्राहकले आफूलाई मनपर्ने सामाजिक सञ्जालको प्याक सुचारु गरेपछि प्याकको समय सीमा बाँकी भएसम्म नन्‌स्टप रुपमा प्रयोग गर्न सक्नेछन् । जस्तै यदि कुनै ग्राहकले सात दिनको नन्‌स्टप टिकटक प्याक १०० रुपैयाँ (कर सहित १२७.६९ रुपैयाँ) मा सुचारु गरेमा ग्राहकले एक हप्ताभर टिकटकको नन्स्टप आनन्द लिन सक्नेछन् ।

साथै यो प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप चार जीबी डेटा बोनसको रुपमा प्राप्त गर्नेछन् । युट्युवमा रहेका सामग्रीहरु मात्र हेर्न रुचाउने ग्राहकका लागि नन्‌स्टप युट्युव प्याक पनि रहेको छ ।

कम्पनीका ग्राहकले आफ्नो आवश्यकता अनुसार २५ रुपैयाँ (कर सहित ३१.९२ रुपैयाँ) मा एक दिनको समयसीमा रहेको यो प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले चार जीबी बोनस डेटासहितको ७ दिनको समयसीमा रहेको युट्युब र फेसबुकको कम्बो प्याक १५० रुपैयाँमा (कर सहित १९१.५४ रुपैयाँ) मा सुचारु गर्न सक्छन् ।

साथै ग्राहकले ३० दिनको समयावधि रहेको ६ जीबी बोनस डेटा सहितको नन्‌स्टप युट्युब प्याक ३६० रुपैयाँ (कर सहित ४५९.६८ रुपैयाँ) मा खरिद गर्न सक्छन् । बोनस डेटा ग्राहकले अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

सात दिन वा ३० दिनको नन्‌स्टप प्याक खरिद गर्ने प्रयोगकर्ताका लागि विषेश थप योजना पनि रहेको छ । ग्राहकले उल्लेखित नन्‌स्टप प्याक सुचारु गरेपछि २० रुपैयाँमा (कर सहित मात्र २५.५४) मा हरेक दिन पाँच सय एमबीको दरले सात दिनसम्म कूल ३५०० एमबी थप डेटा प्राप्त गर्न सक्नेछन् । उक्त डेटा ग्राहकले फेसबुक, टिकटक र युट्युब चलाउनका लागि प्रयोग गर्न सक्नेछन् ।

एनसेलका फोरजी ग्राहकले *17123*1# डायल गरी प्राप्त निर्देशनअनुसार आफ्नो मनपर्ने नन्‌स्टप अफरका लागि प्याक सजिलै सुचारु गर्न सक्छन् । ग्राहकले एनसेल एप तथा खल्ती, युनिपे, ईसेवा, प्रभु पे जस्ता डिजिटल वालेट सेवा प्रदायकहरु मार्फत पनि आफ्नो मनपर्ने प्याक सुचारु गर्न सक्नेछन् ।

एनसेल आजियाटाका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले ग्राहकका लागि सामाजिक सञ्जालमा सहजै पहुँच सुनिश्चित गराउन यी आकर्षक प्याकहरु ल्याइएको बताए । “सुलभ शुल्कमा आफ्नो प्राथमिकतामा रहेको सामाजिक सञ्जाल नन्‌स्टप प्रयोग गर्न पाइनुका साथै इन्टरनेटमा अन्य सामग्री हेर्न थप चार जीबी डेटा बोनसको सुविधाले ग्राहकहरुमाझ ठूलो महत्व राख्नेमा हामी विश्वस्त छौं ।”

आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रहेर एनसेल आजियाटाले वायर फ्री प्लस वाईफाई, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युव प्लसका साथै इण्डलेस कुराकानी प्लस, नयाँ सजिलो सिमअल्ट्रा वाईफाई सिम प्लस योजनाहरु ल्याइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०