close

क्यानन क्यामेराको तस्वीर अब स्वतः गूगल फोटाेजमा अपलोड गर्न सकिने

टेकपाना टेकपाना

भदौ १९, २०७७ १५:३

क्यानन क्यामेराको तस्वीर अब स्वतः गूगल फोटाेजमा अपलोड गर्न सकिने

काठमाडौं । अब गूगल फाेटाेमा क्यानन क्यामेराबाट खिचेका तस्वीर अटाेमेटिक अपलाेड हुने भएकाे छ । यसका लागि क्यानन र गूगलले संयुक्त रुपमा नयाँ सफ्टवेयर इन्टिग्रेसन सार्वजनिक गरेका छन् ।

यो सफ्टवेयरले क्यानन क्यामेराबाट लिइएका तस्वीरहरुलाई अटोमेटिक रुपमा गूगल फोटोजमा ब्याकअप राखिदिनेछ । क्याननको यी मोडलका क्यामेराहरुमा यो सफ्टवेयर प्रयोग गर्न सकिन्छ । विशेषगरी यी क्यामेराहरु इन्टरचेन्जेबल लेन्स क्यामेराहरु हुन् । 

यो अटो ब्याकअप फिचरले क्यानन क्यामेरा कनेक्ट एपबाट मात्र काम गर्न सक्छ । यो एप एन्ड्रोइड र आईओएस दुवै डिभाइसका लागि उपलब्ध छ । यदि तपाईंसँग नयाँ भर्सन छ भने तपाईंले आफ्नो क्यानन क्यामेरा यो एपसँग कनेक्ट गराएर सबै ओरिजिनल क्वालिटीको फोटो आफ्नो क्यामेराबाट गूगल फोटोजमा सार्न सक्नुहुन्छ ।

यसको लागि तपाईंको फोन र क्यामेरा पनि एकअर्कोसँग कनेक्ट भएको हुनुपर्छ । साथै तपाईंले आफ्नो फोन र क्यामेरालाई वाईफाई अप्सनबाट जोडेर एपबाट फोटो ट्रान्सफर गर्न सक्नुहुन्छ ।

यस्तै अर्को अप्सन भनेको क्यामेरा वा मेमोरी कार्डलाई ल्यापटपमा राखेर पनि यो एपबाट काम गर्न सक्नुहुन्छ । 

तर यसमा पनि केही सीमितता छन् । यो एप गूगल फोटो क्लाउडका लागि मात्र काम लाग्छ । गूगलका लागि नयाँ क्यानन प्रयोगकर्ताहरुले क्लाउड स्टोरेजमा सय जीबी नि:शुल्क पाउनेछन् । यो नि:शुल्क एक्सेसकाे सुविधा एक महिनासम्मका लागि रहनेछ । 

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०