close

अब फेसबूकबाटै ड्रपबक्समा फोटो र भिडियो ट्रान्सफर गर्न पाइने

टेकपाना टेकपाना

भदौ १९, २०७७ १६:२२

अब फेसबूकबाटै ड्रपबक्समा फोटो र भिडियो ट्रान्सफर गर्न पाइने

काठमाडाैं । अब फेसबूकबाटै फाेटाे र भिडियाे ड्रपबक्समा ट्रान्सफर गर्न पाइने भएकाे छ। यसअघि गूगल फाेटाेजमा याे सुविधा दिएकाेमा फेसबूकले बिहिवारदेखि क्लाउड स्टाेरेज ड्रपबक्ससँगै ईयू स्टार्टअप कूफरमा याे सुविधा दिएकाे छ ।

फेसबूकले आफ्नाे नयाँ डेटा पाेर्टेबिलिटी टूलकाे प्रयाेग गरी प्रयाेगकर्तामाँझ याे सुविधा दिन लागेकाे हाे । गत जुन महिनादेखि विश्वभरका फेसबुक प्रयोगकर्ताले गूगल फोटोजमा तस्वीर ट्रान्सफर गर्ने अवसर पाएका थिए ।

अब ड्रपबक्सका लागि पनि याे सुविधा थपिएकाे छ । यसलाई डेटा ट्रान्सफर प्रोजेक्टको एक भाग भएकाे बताइएकाे छ, जसकाे उद्देश्य फेसबूक, गूगल, माइक्रोसफ्ट र ट्वीटरका फाइल डाउनलोड र ट्रान्सफर गर्नु रहेकाे छ ।

फाइल ट्रान्सफर हुनुअघि फेसबूकले प्रयोगकर्तालाई आफ्नो पासवर्ड पुनः इन्ट्री गर्न अनुरोध गर्दछ र ट्रान्सफरको क्रममा डेटा इनक्रिप्टेड हुन्छ ।

फेसबूकबाट गूगल फोटोज, ड्रपबक्स, कूफरमा फोटो वा भिडिया ट्रान्सफर गर्न सेटिङमा गएर ‘योर फेसबूक इन्फर्मेशन’मा क्लिक गर्नुहोस् ।

त्यसपछि ‘ट्रान्सफर अ कपी अफ योर फोटो अर भिडियोज’ मा सेलेक्ट गर्नुहोस् । त्यसपछि पासवर्ड राख्नुहोस् र ‘डेस्टिनेसन’ छनौट गरी ‘कन्फर्म’ गर्नुहोस् ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०