close

एसईई पास गरेकालाई १ रुपैयाँमै एनसेलको पहिलो सिम, साथमा आकर्षक डेटा

टेकपाना टेकपाना

भदौ १९, २०७७ १७:१७

एसईई पास गरेकालाई १ रुपैयाँमै एनसेलको पहिलो सिम, साथमा आकर्षक डेटा

काठमाडौं । निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले हालै एसईई पास गरेका विद्यार्थीहरुका लागि ‘पहिलो सिम’ सार्वजनिक गरेको छ । कम्पनीले विशेष सुविधाको प्याकेज सहित एक रुपैयाँमै यो सिम उपलब्ध गराउने भएको हो ।

एनसेलका अनुसार पहिलो सिममा एक वर्षका लागि अतिरिक्त सुविधा सहित माई फाइभ सेवा उपलब्ध हुनेछ ।

साथै पहिलो पटक सय रुपैयाँको रिचार्ज गर्दा ३००० एमबी डेटा सहितका थप सुविधा समेत प्राप्त गर्न सकिनेछ ।

यस्तो डेटा प्रत्येक दिन सय एमबीका दरले प्राप्त हुनेछ । यसैगरी प्रत्येक सय रुपैयाँ खर्च गर्दा ३०० एमबी डेटा समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

जसमध्ये सय एमबी अलटाइम डेटाको रुपमा र २०० एमबी फोरजी डेटाको रुपमा रहनेछ ।

पहिलो सिम लिनका लागि विद्यार्थीको एसईई परीक्षा प्रवेश पत्र, नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि र एक प्रति फोटो आवश्यक पर्दछ । यो सिम विद्यार्थीले आफूलाई पायक पर्ने एनसेल सेन्टरबाट सिम लिन सक्छन् ।

सिम लिएपछि निःशुल्क माईफाइभ सेवाका लागि आफूलाई सधै सम्पर्कमा रही रहनुपर्ने पाँच वटा एनसेलहरु सजिलैसँग माइफाइभ समुहमा सेट गर्न सकिन्छ ।

नम्बरहरु माईफाइभ समूहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म ती नम्बरहरुमा निःशुल्क कुराकानी गर्न सक्छन् । ३० दिनपछि पनि विद्यार्थीहरुले ती नम्बरहरुमा मात्र रु. ९९ पैसाप्रति मिनेटमा बाँकी ११ महिनासम्म कुराकानी गर्न सक्छन् ।

विद्यार्थीहरुले एस्ट्रिक्स५५४४ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार आफू सधै सम्पर्कमा रहनुपर्ने पाँच वटा एनसेल नम्बरलाई माईफाइभ समूहमा राख्न सक्छन् ।

माईफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु. ५ शुल्क लाग्नेछ ।

पहिलो सिम सुचारु गरेपछि पहिलो दिनको मध्यरात सम्ममा रु. १०० वा सोभन्दा माथिको रिचार्जमा ग्राहकले ३० दिनसम्म हरेक दिन १०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन् ।

यस सिमको मेन ब्यालेन्सबाट गरिएको हरेक रु. १०० बराबरको खर्चमा ग्राहकले तीन दिनको समयसीमा रहेको ३०० एमबी (१०० एमबी अल नेटवर्क र २०० एमबी फोरजी डेटा) बोनस डेटा प्राप्त गर्नेछन् । पहिलो सिम अन्तर्गतको यो ब्यालेन्स खर्चमा बोनस सुविधा १२ महिनाको लागि रहनेछ ।

विद्यार्थीले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी डेटा प्याक तथा एस्ट्रिक्स१७११८ह्यास डायल गरी भ्वाइस प्याक खरिद गर्न सक्छन् । त्यस्तै, म्युजिक र गेमिङ प्याकको लागि पनि विभिन्न अप्सनहरु रहेका छन् ।

ग्राहकले एस्ट्रिक्स१७१०३ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको प्याक खरिद गर्न सक्छन् । यो योजना सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०