close

देशभरका कार्यालयका लागि एकीकृत व्यवस्थापन प्रणाली ल्याउँदै सरकार

टेकपाना टेकपाना

भदौ २०, २०७७ १९:१

देशभरका कार्यालयका लागि एकीकृत व्यवस्थापन प्रणाली ल्याउँदै सरकार

काठमाडौं । देशभरका सरकारी कार्यालहरुलाई एउटै विद्युतीय प्रणालीमा जोड्ने उद्धेश्यले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (ईन्टीग्रेटेड अफिस म्यानेजमेन्ट सिस्टम) आउने भएको छ । एप्लिकेसनहरु दोहोरिनुका साथै खर्च पनि उल्लेख्य बढेपछि सरकारले एउटै व्यवस्थापन प्रणाली ल्याउन लागेको हो ।

यसअन्तर्गत ई-हाजिरी, ईन्भेन्टरी, मिटिङ म्यानेजमेन्ट, डकुमेन्ट म्यानेजमेन्ट लगायतका सिस्टम एकीकृत गरिनेछ । सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले यसपालीको बजेटमा यो विषय प्राथमिकता परेको जानकारी दिए ।

‘अहिलेसम्म सरकारी कार्यालयहरुले छुट्टाछुट्टै रुपमा यसमा खर्च गरिरहेका छन् । यस्ता दोहोरिने काम वा मोड्युलहरुलाई एकीकृत प्रणालीमार्फत् सिंगल लगईनबाट सञ्चालन गर्न सकिने गरी नेपाल इन्टीग्रेटेड अफिस सिस्टम ल्याउन लागेका छौं,’ महानिर्देशक श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार एक दर्जनभन्दा बढी काम यो प्रणालीबाट गर्न सकिनेछ । केही समयमै यो परियोजना सुचारु गरिने पनि उनले जनाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०