close

इन्टरनेट अफ थिङ्स (आईओटी)ले यसरी गर्छ काम

टेकपाना टेकपाना

भदौ २१, २०७७ १३:३२

इन्टरनेट अफ थिङ्स (आईओटी)ले यसरी गर्छ काम

काठमाडौं । फेसबुक कम्पनीका संस्थापक सीईओ मार्क जुकरबर्गको घरको बारेमा तपाईंले सुन्नु भएको छ ? जुकरबर्गको घरले उनको सबै कुरा सुन्छ । उनले अह्राएको सबै काम घरले सुनेर शिरोपर गर्दछ । यसपछाडिको एउटै कारण हो, आईओटी अर्थात् इन्टरनेट अफ थिङ्स ।

आजको प्राविधिक युगमा आईओटी शब्द एकदमै धेरै सुनिन्छ । यसले मानव जीवनमा पारिरहेको प्रभावको बारेमा पनि खुब चर्चा हुने गर्छ तर वास्तवमा यो आईओटी के हो त ? 

आईओटीको पुरा रुप भनेको इन्टरनेट अफ थिङ्स हो । आईओटी भौतिक उपकरण, सवारी साधन र अन्य आइटमहरुको एउटा नेटवर्क हो । आईओटी इलेक्ट्रोनिक्स, सफ्टवेयर, सेन्सर, एक्चुएटर्स र नेटवर्क कनेक्टिभिटीमा इम्बेड भएको हुन्छ, जसले आईओटीलाई डेटा संकलन तथा आदानप्रदान गर्न मद्दत गर्दछ ।

कुनै पनि उपकरणलाई इन्टरनेट वा एकअर्कासँग कनेक्ट गर्ने अवधारणालाई इन्टरनेट अफ थिङ्स भनिन्छ । यो निकै व्यापक अवधारणा हो । यसको नेटवर्क निकै ठूलो हुन्छ ।

यसले व्यक्ति र उपकरणलाई यसरी जोडिदिएको हुन्छ की त्यो उपकरणले उसको मालिकको घरको काम आफै ठिक समयमा गर्छ । आईओटीको नेटवर्कमा घरका साना डिभाइसहरु घडी, मोबाइल र ठूला उपकरण र मालिक सबै एकआपसमा बाँधिएका हुन्छन् ।

स्मार्ट माइक्रोवेब जसले आफै घरको खानालाई पकाइदिन्छ । सेल्फ ड्राइभिङ कारमा भएको कम्प्लेक्स सेन्सरले बाटोमा आउने वस्तुलाई डिटेक्ट गर्दछ । फिटनेस डिभाइस जसले तपाईंको मुटुको चाल र खुट्टाको पाइलालाई गनिरहेको हुन्छ । यी सबै इन्टरनेट अफ थिङ्समा पर्ने गर्छन् ।

आईओटीले कसरी काम गर्छ ?

उपकरण र वस्तुमा सेन्सरहरु लगाइएका हुन्छन् जो आईओटी प्लेटफर्ममा कनेक्ट हुन्छन् । यसले सबै डिभाइसहरुको डेटा संकलन गर्दछ र त्यस डेटाको एनालिटिक्सलाई स्वत: लागू गर्छन् ।

यी शक्तिशाली आईओटी प्लेटफर्महरु एकदमै सही जानकारीहरु प्वाइन्ट आउट गर्छन् की कुन जानकारी उपयोगी छ र कुनलाई हटाउनु पर्नेछ भने । फेरी त्यसले सम्भावित समस्याका जानकारीहरु डिटेक्ट गर्न, प्याट्रन्स डिटेक्ट गर्न र रेकोमेन्डेसन बनाउन प्रयोग हुन्छ । 

आईओटी तपाईंको घरमा वा सवारीमा पनि हुन्छ । यो एकदमै कमालको आइडिया हो ।

जुकरबर्गले ‘जार्भिस’ नामको नयाँ भर्चुअल असिस्टेन्ट प्रोग्राम गरेका छन् ।  यस प्रविधिभित्र भएको मोर्गान फ्रिम्यान नाम गरेका एकजना व्यक्तिले जुकरबर्गलाई उनको कोठाको तापक्रम बताउँछन् । 

जार्भिस अमेजनको एलेक्सा जस्तै छ । यसलाई आवाजले एक्टिभेट गरेर घरका सम्पूर्ण उपकरणहरुलाई नियन्त्रण गर्न सकिन्छ । जार्भिस निकै स्मार्ट छ .। यसले जुकरबर्गलाई बिहान तयार हुन, ब्रेड तातो बनाउन, उनको बच्चालाई भाषा सिकाउन सबै कुरामा मद्दत गर्दछ । 

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०