close

यी हुन् कोरोनाको समयमा सबैभन्दा बढी बिक्री भएका १० स्मार्टफोन, नेपालमा कसको मूल्य कति ?

टेकपाना टेकपाना

भदौ २१, २०७७ १६:८

यी हुन् कोरोनाको समयमा सबैभन्दा बढी बिक्री भएका १० स्मार्टफोन, नेपालमा कसको मूल्य कति ?

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण सबै क्षेत्रमा नराम्रो प्रभाव परेको छ । यसबाट मोबाइल उद्योग क्षेत्र समेत अछूत रहेन ।

यद्यपि लकडाउन केही खुकुलो भएको समयमै विश्वबजारमा स्मार्टफोनको बिक्री पूर्ववत् अवस्थामा फर्किने कोसिस गरिरहेको छ । 

महामारीका बावजूद सन् २०२० को पहिलो छ महिनामा निकै धेरै स्मार्टफोन बिक्री भएका छन् । विश्वको दोस्रो ठूलो मोबाइल बजारको रुपमा रहेको भारतमा चिनिया सामान बहिस्कारको अपिल र अमेरिकाले ह्वावेमाथि लगाएको प्रतिबन्धले चिनियाँ स्मार्टफोन ब्राण्डको बिक्रीमा भने गरावट देखिएको छ ।

टप टेनमा आईफोनको कब्जाः पछिल्लो छ महिनाको अवधिमा विश्वभर सबैभन्दा धेरै एप्पलका स्मार्टफोन बिक्री भएका छन् । टप टेनमा पाँच वटा स्थान एक्लै एप्पलका आईफोनले कब्जा गरेका छन्  ।

त्यसपछि भने सामसङ र साओमीले स्थान बनाएका छन् । पछिल्लो छ महिनामा सबैभन्दा धेरै बिक्री आईफोन एलाभेनको भएको छ । त्यसपछि दोस्रो स्थानमा सामसङ ग्यालेक्सी ए फिफ्टी वान रहेको छ ।

चीनिया स्मार्टफोन ब्राण्ड तेस्रो स्थानमा पुगेको छ । एनालिटिक्स कम्पनी ओमडियाको रिपोर्ट अनुसार २०२० को पहिलो छ महिनामा सबैभन्दा धेरै बिक्री हुने शीर्ष १० स्मार्टफोनको सूची यस्तो छ; 

१. आईफोन इलाभेन

Buy iPhone 11 128GB White - PowerPlanetOnline

 २०२० को सुरुवाती छ महिनामा एप्पलको आईफोन इलाभेन तीन करोड ७७ लाख थान बिक्री भएको छ । आईफोन इलाभेनको मूल्य नेपाली बजारमा १,१८,००० रुपैयाँबाट सुरु हुन्छ । 

२. सामसङ  ग्यालेक्सी ए फिफ्टी वान

front

सामसङ ग्यालेक्सी ए फिफ्टी वान स्मार्टफोनको बिक्री पहिलो छ महिनामा एक करोड १४ लाख थान भएको छ । जसको मूल्य ३९,९९९ रुपैयाँ छ । 

३. साओमी रेड्मी नोट एट

रिपोर्ट अनुसार एक करोड १० लाख थान रेड्मी नोट एट स्मार्टफोनको बिक्री भएका छन् । साओमी रेड्मी नोट एट २३,९९९ रुपैयाँमा उपलब्ध छ । 

४. साओमी रेड्मी नोट एट प्रो

साओमीले २०२० को पहिलो छ महिनामा एक करोड दुई लाख थान रेड्मी नोट एट प्रो स्मार्टफोन बिक्री गरेको छ । जसको मूल्य २६,९९९ रुपैयाँबाट सुरु हुन्छ । 

५. एप्पल आईफोन एसई

ओमडियाको रिपोर्टमा उल्लेख भए अनुसार ८७ लाख थान आईफोन एसई बिक्री भएका छन् । नेपालमा यसको मूल्य ७०,००० रुपैयाँबाट सुरु हुन्छ । 

६. आईफोन एक्सआर 

८० लाख थान बिक्री भएको एप्पलको आईफोन एक्सआर सूचीमा छैटौं स्थानमा छ । जसको मूल्य ९६,००० रुपैयाँबाट सुरु हुन्छ । 

७. आईफोन इलाभेन प्रो म्याक्स

२०२० को पहिलो छ महिनाको अवधिमा एप्पलको आईफोन इलाभेन म्याक्स स्मार्टफवन ७७ लाख थान बिक्री भएको छ । यसको मूल्य १,७५,००० रुपैयाँदेखि माथि छ । 

८. साओमी रेड्मी एट ए

सूचीमा समावेश भएका मध्ये सबैभन्दा सस्तो स्मार्टफोनको रुपमा रहेको साओमी रेड्मी एट एको बिक्री ७३ लाख थान भएको छ । जसको मूल्य नेपालमा १३,४९९ रुपैयाँ छ । 

९. साओमी रेड्मी एट

रिपोर्टअनुसार साओमीले २०२० को पहिलो छ महिनाको अवधिमा ६८ लाख थान रेड्मी एट स्मार्टफोन बिक्री गरेको छ । जसको मूल्य नेपालमा १६,४९९ रुपैयाँ रहेको छ । 

१०. एप्पल आईफोन इलाभेन प्रो

त्यस्तै एप्पलको आईफोन इलाभेन प्रोले सूचीमा दशौं स्थानमा ओगट्न सफल भएको छ । जसको ब्री ६७ लाख थान रहेको छ । यसको मूल्य नेपाली बजारमा १,५८,००० रुपैयाँदेखि सुरु हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०