अब कुरकुरे र चिप्स किन्नेलाई पनि निःशुल्क डेटा !

kurkure-data-offer-by-airtel

काठमाडौं । नेपालमा महंगो डेटा प्रयोग गरिरहेका प्रयोगकर्तालाई छिमेकी भारतको डेटा रेट सुन्दा पक्कै पनि लोभ लाग्दो हुन्छ । भारतमा डेटा यति सस्तो र सुलभ भइसकेको छ कि अब कुरकुरे-चिप्स किन्दा समेत मोबाइल कम्पनीले निःशूल्क डेटा अफर गर्न थालेका छन् ।

मोबाइल प्रयोगकर्ताबीच आफ्नो स्थान कायम राख्न एयरटेलले यस्तो अफर सार्वजनिक गरेको छ । कम्पनीले पेप्सीको नामक स्थानीय कम्पनीसँग मिलेर उसका उत्पादन अंकल चिप्स, कुरकुरे र डोरिटोसको प्याकेटमा निःशूल्क डेटा  उपहार दिने योजना सार्वजनिक गरेको हो ।

कुरकुरे-चिप्सको प्याकेटमा कोड रहेको कुपन दिइने र उक्त कुपन प्रयोग गरेर एयरटेलका ग्राहकले इन्टरनेट डेटा प्राप्त गर्न सक्ने बताइएको छ । जसअनुसार १० रुपैयाँको कुरकुरे वा चिप्सको प्याकेट किन्दा निःशूल्क रुपमा एक जीबी डेटा र २० रुपैयाँ माथिको प्याकेटमा दुई जीबी डेटा निःशूल्क रुपमा दिइने कम्पनीको अफर छ । 

चार वर्ष अघि भारतीय बजारमा जियो रिलायन्सको प्रवेशसँगै त्यहाँको मोबाइल तथा डेटामा क्रान्ति नै आएको छ । भारत अहिले विश्वमै धेरै डेटा खपत गर्ने मुलुकहरुको सूचीमा पहिलो नम्बरमा मात्रै छैन, विश्वकै सबैभन्दा सस्तो मोबाइल डेटा पनि भारतमै छ ।

एजेन्सीको सहयोगमा । 

 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team