close

कम्प्युटरबाट पनि चलाउन मिल्ने सामसङ ग्यालेक्सी नोट ट्वान्टी र नोट ट्वान्टी अल्ट्रा नेपालमा

टेकपाना टेकपाना

भदौ २२, २०७७ १४:१०

कम्प्युटरबाट पनि चलाउन मिल्ने सामसङ ग्यालेक्सी नोट ट्वान्टी र नोट ट्वान्टी अल्ट्रा नेपालमा

काठमाडाैं । सामसङले आफ्ना फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी नोट ट्वान्टी र नोट ट्वान्टी अल्ट्रा नेपाली बजारमा ल्याएको छ । यसअघि कम्पनीले यी फाेनकाे प्रि-बूक भाद्र १९ सम्म गर्न मिल्ने बनाएकाे थियाे ।

यी फाेनले प्रयाेगकर्तालाई काम गर्न र गेम खेल्नको लागि थप सहजता दिने दाबी कम्पनीले गरेकाे छ । कम्पनीका अनुसार नाेट ट्वान्टी सिरिज मोबाइलहरुले कम्प्युटरको जस्तै कार्य गर्न सक्दछन् र यसमा प्रो–गेमहरु सहजै खेल्न सकिन्छ ।

नाेट पारखीहरुलाई लक्षित गरी निर्माण गरिएको यी फाेन पावर एण्ड प्रोडक्टीभिटिको आवश्यकतालाई मध्यनजर गरी प्रस्तुत गरिएको हो । यसमा अझै बढी गेम खेल्न एवं कार्यहरुको सम्पादन गर्न सकिने स्वतन्त्रता प्राप्त हुन्छ ।

‘नेपालमा ग्यालेक्सी नोट ट्वान्टी र नोट ट्वान्टी अल्ट्रा फोन प्रस्तुत गर्न पाउँदा हामी अत्यन्तै उत्साहित रहेका छौं । यो फोनको प्रि बुकिङ्गमा उत्साहजनक सहभागीताले हामीलाई अझै उत्साहित बनाएको छ,’ सामसङ मोबाइल नेपालका बिजिनेश हेड, प्रणय रत्न स्थापितले भने ।

सामसङद्वारा प्रि बुक गर्नुहुने ग्राहकहरुलाई ग्यालेक्सी बड प्लस निःशुल्क प्रदान गरिएको थियो । साथै ग्यालेन्सी वाच थ्री र सामसङ एलइडी टिभीमा आकर्षक छुट दिइएकाे कम्पनीले जनाएकाे छ ।

यसका अतिरिक्त प्रि-अडर गर्ने ग्राहकले विभिन्न क्षेत्रहरुमा आकर्षक छुट तथा उपहार पनि प्राप्त गरेका छन् । प्रि अडर अन्तर्गत खरिद गर्न छुटेका ग्राहकहरुले पनि हाल पनि थुप्रै उपलब्ध आकर्षक सुविधाहरु प्राप्त गर्न सक्ने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पृथक कार्य गर्ने शैली

सामसङको लेटेस्ट नोट सिरिजमा कार्य गर्ने शैली पृथक रहेको छ– यसको एस पेनको सहयोग एवं सामसङ नाेटमा भएका विशेषताहरुले कुनै पनि समयमा जहाँबाट पनि कार्य गर्ने स्वतन्त्रता प्रदान गर्दछ ।

एडभान्स एस पेनले नियमित नाेट प्रयोगकर्ताहरु एवं मल्टि–टास्करर्सहरुलाई ग्यालेन्सी नाेट ट्वान्टी सिरिजको एस पेनले अनलिमिटेड राइटिङ्ग अनुभव प्रदान गर्दछ । यसले सही एवं अझै बढी शुद्धता ल्याउन मद्दत गर्दछ । एस पेनमा भएको पाँच नयाँ एनिह्वेयर एक्सनले डिभाइसलाई टचलेस नेभिगेसन–जस्तै होम स्क्रीनमा जान वा स्क्रीनसट लिन झनै सहज बनाउँछ ।

सामसङ नोटका एपहरुको सहज एवं उपयोगी अनुभवः फोटो खिच्न, एडिट गर्न र आफ्ना
आइडीयाहरुलाई शेयर गर्न सहयोग गर्दछ । सामसङ नोट एपहरुमा अटो सेभ तथा सिंकिङ्ग क्षमताहरु पनि रहेका छन् ।

यसमा तपाईंले हातले लेखेको लेखाइलाई आकर्षक अक्षरहरुमा बदल्दछ । साथै पीडीएफमा भएका विषय वस्तुहरुलाई सहजै हाइलाइट गर्न पनि सकिन्छ साथै तपाइँले सामसङ नोट एपमा भएका टेक्स्टहरुलाई पीपीटीएसमा सहजै रुपान्तरण गर्न सकिन्छ ।

साथै नोटको रुपमा अडियोलाई राख्न पनि सकिन्छ । यसका सबै विषय वस्तुहरुलाई व्यवस्थित रुपमा फोल्डरहरुमा सुरक्षण गर्न पनि सकिन्छ र सहजै आवश्यकता
भएको बेला पाउन सकिन्छ ।

कम्प्युटबाट पनि एक्सेस गर्न सकिने

माइक्रोसफ्टको याेर फाेन विन्डोज इन्टिग्रेशनको साथ अब तपाईंले आफ्नो फोनलाई विना राेकावट विन्डोज १० भएको कम्प्युटरबाट सहजै एक्सेस गर्न सक्नुहुन्छ । अझै सहज रुपमा विन्डोज १० युक्त कम्प्युटरबाटै म्यासेज पठाउन, नोटिफिकेशनहरुको म्यानेज गर्न, फोटोहरु सिङ्क गर्न र फोन गर्न र आगमन फोनलाई उठाउन सकिन्छ ।

आफूलाई मन परेको एपलाई कम्प्युटरको टास्कबार वा स्टार्ट मेन्युमा राख्न सकिन्छ, यसले गर्दा तपाइँले आफ्नो फोनमा आफूलाई मन पर्ने सोसियल नेटवर्किङ्ग एप वा ग्यालेरी खोजि राख्नु पर्दैन ।

सामसङ डीइएक्सको साथ मल्टिटास्किङ्ग सुविधा

सामसङ डिइएक्सको साथ पहिलोपटक ग्यालेक्सी नोट ट्वान्टी सिरिजका फोनहरुलाई स्मार्ट टिभीमा सहजै कनेक्ट गर्न सकिन्छ । यसरी कनेक्ट गरेर ठूलो स्क्रीनमा आफूलाई मनपरेको विषयवस्तु हेर्न वा खेल्न सकिन्छ ।

साथै दुईवटा स्क्रीनलाई व्यवस्थित रुपमा सञ्चालन गरी एकैपटक स्मार्ट टिभीमा भिडियो हेर्न र सँगै साथीलाई म्यासेज पठाउन पनि सकिन्छ ।

शक्तिशाली गेमिङ

पुरै शक्तिशाली गेमिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले यस फोनको इन्जिनियरिङ्ग निर्माण गरेको छ । यससँगै तपाइँले प्रो–लाइक गेमहरु कहीँ पनि खेल्न सक्नुहुन्छ । पहिलो पटक नोट सिरिज अन्तर्गत ग्यालेन्सी नाेट ट्वान्टी अल्ट्रामा स्पष्ट एवं सफा डाइनामिक एमाेलेड टू डिस्प्ले तथा एडप्टिभ १२० हर्ज काे रिफ्रेस रेट रहेको छ।

मूल्य र उपलब्धता

ग्यालेक्सी नोट ट्वान्टीको नेपाली बजारमा एक लाख नौ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ भने ग्यालेक्सी नोट ट्वान्टी अल्ट्राको बजार मूल्य एक लाख ३९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।

यी दुवै फोन यही भाद्र २२ गते देखि नेपाल अधिराज्यभरका सम्पूर्ण सामसङ ब्राण्ड स्टोर तथा रिटेल
स्टोरहरुबाट खरिद गर्न सकिन्छ ।

फाेन खरिद गरेका ग्राहकहरुलाई एकपटकको टुटफुटमा एनएलजी इस्युरेन्सबाट एक वर्षको बीमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा (ईएमआई) खरिद गर्न सकिने सुविधा पनि उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०