close

दुबईबाट फर्केर खोलेको ‘नेक्टर डिजिट’ आईटी क्षेत्रमा उदाउँदै, २ वर्षमै यति धेरै काम

टेकपाना टेकपाना

भदौ २२, २०७७ १९:४७

दुबईबाट फर्केर खोलेको ‘नेक्टर डिजिट’ आईटी क्षेत्रमा उदाउँदै, २ वर्षमै यति धेरै काम

काठमाडौं । तपाईं कुनै सामान खरिद गर्दा त्यसको गुणस्तरमा सधै ध्यान दिनुहुन्छ । तर तपाईंले प्रविधिका कुनै सामान खरिद वा तयार गर्दै हुनुहुन्छ भने एक कदमअगाडि सोचेर त्यसको सुरक्षाको पक्षलाई पनि त्यत्तिकै ध्यान दिनुपर्छ ।

तर नेपाल जस्तो मुलुकमा कुनै पनि सफ्टवेयर प्रोडक्ट होस् वा आइटी प्रोजेक्ट, सुरक्षाको विषयलाई सधै अलग्याएर हेरिन्छ । त्यसको लागि छुट्टै शुल्क चार्ज गर्ने वा त्यसमै केन्द्रित भएर छुट्टै डेडिकेटेड सेवा प्रदान गर्ने गरिन्छ ।

यद्यपि पछिल्लो समय थोरै संख्यामा किन नहोस् गुणस्तरसँगै सुरक्षालाई पनि सेवा प्रदायक कम्पनीहरुले सँगै लिएर जान थालेका छन् । नगन्य संख्यामा रहेका यस्ता कम्पनीमध्ये अमृत स्पर्शले स्थापना गरेको कम्पनी नेक्टर डिजिट प्राइभेट लिमिटेड पनि एउटा हो । 

वेब डेभलपमेन्ट, मोबाइल एप डेभलपमेन्ट, डिजिटल मार्केटिङ, सर्च ईन्जिन अप्टिमाइजेसन, ब्राण्डिङदेखि लिएर सेक्युरिटीसम्मको सेवा प्रदान गर्ने नेक्टरले एउटै छातामुनी रहेर अल ईन वान प्याकेजको सेवा प्रदान गर्दछ ।

नेपालमा प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरु उदयीमान अवस्थामा छन् । कम्पनीको संख्या पनि सीमित छन् र यी कम्पनीहरुले सेवा पनि एउटा निश्चित शीर्षक अन्तर्गत रहेर प्रदान गर्छन् । तर अमृतको कम्पनीले भने यी सबै सेवाहरु एकै छतमुनि प्रदान गर्दछ । 

‘हाम्राे सेवा भनेकाे अल ईन वान प्याकेज हो,’ अमृत भन्छन्, ‘वेब तथा मोबाइल एप्लिकेसन डेभलपमेन्टदेखि नेटवर्किङ सम्बन्धी काम, कम्पनीको सर्भर ह्यान्डलिङ तथा व्यवस्थापन, साइबर डिफेन्स, ईथिकल ह्याकिङ, पेनिट्रेसन टेस्टिङ लगायतका सबै काम हामी आफैं गर्छौं ।’

उनले अगाडि भने, ‘कुनै पनि कम्पनीले हामीसँग काम गरिरहँदा उनीहरुलाई सीसीटीभीको समस्या भयो, आन्तरिक नेटवर्क बनाउन पर्‍यो भने पनि उनीहरुले हामीलाई सम्पर्क गर्नसक्छन् ।’ 

नेक्टरले कुनै पनि प्रोडक्ट सेल्स र हार्डवेयर सप्लाईको काम नगर्ने, तर सफ्टवेयरको चहिँ सबै काम गर्ने बताए ।  

‘लिनक्स, विण्डोज जस्ता सर्भरहरु मेन्टेन गर्नेदेखि लिएर इन्टर्नल नेटवर्किङको काम, सेक्युरिटीका कामहरु सिस्को जुनिपर राउटर म्यानेजमेन्टका कामहरु पनि हामी गर्छौं,’ उनले भने । 

एकै छतमुनी धेरै सेवा प्रदान गर्ने भएको कारण नेक्टरबाट सेवाग्राहीहरुले अतिरिक्त सुविधा पनि थप पाउन सक्ने अमृत बताउँछन् । डिजास्टर रिकोभरीको क्षेत्रमा पनि आफूहरुले काम गरिरहेको उनले बताए ।

‘कसैले हामीसँग वेब डेभलपमेन्ट गराउनुभयो भने डिजिटल मार्केटिङको प्याकेज चाहिँ अतिरिक्त सेवाको रुपमा नि:शुल्क प्रदान गर्छौं,’ अमृतले भने, ‘जस्तो तपाईंले वेब डेभलपमेन्टको काम गराउनु भयो भने दुई/तीन महिनाको डिजिटल मार्केटिङ तथा सर्च इन्जिन अप्टिमाइजेसको काम हामी हेरिदिन्छौं । यस्तै वेब डेभलप गराउनुभयो भने इन्टरनल नेटवर्किङमा समस्या आउँदा हामी परामर्शदाताको रुपमा पनि नि:शुल्क सेवा दिन्छौं ।’ 

अधिकांश वेब डेभलपमेन्ट कम्पनीहरुले एप विकास गरिसकेपछि अरु कुरा बेवास्ता गर्छन्, तर नेक्टरले कस्टरमलाई आफ्टर सेल्स सर्भिसका साथै अतिरिक्त सेवादेखि परामर्श सेवासम्म दिने उनी बताउँछन् ।  

कम्प्युटर साइन्समा स्नातक तह उत्तीर्ण गरेका कपिलवस्तुका अमृत स्पर्श नेक्टर डिजिटका संस्थापक तथा सीईओ हुन् ।

मलेसियाको कम्पनी एयर एसियामा आबद्ध रहेर नेपालबाटै आईटी करियर सुरु गरेका अमृतले दुबईमा पनि आईटी क्षेत्रमा प्रोजेक्ट म्यानेजर र सिनियर डेभलपरको रुपमा काम गरिसकेका छन् । उनले दुबईमा डेढ वर्षसम्म सर्भर लेभलका कामहरु गरे ।

‘दुबईमा एक/डेढ वर्ष काम गर्दा १२ देखि २० घण्टासम्म खटिएको छु,’ अमृत अनुभव सुनाउँछन्, ‘त्यति लामो समय खटेर काम गर्दा र त्यहाँको अनुभव बटुल्दा नेपालमै पनि यतिको खटिन सके आईटी क्षेत्रमा योगदान दिन सकिन्छ भनेर नेपाल फर्किएँ।’

नेपालमा केही गर्न भनेर फर्किएका अमृतले २०१८ देखि नेक्टर डिजिट कम्पनीको स्थापना एक्लैले गरे । 

संस्थापक अमृत स्पर्श

एक्लैले जावलाखेलको एउटा कोठादेखि काम सुरु गरेका अमृतले हाल नेक्टरको कार्यलय कुपण्डोलमा सारेका छन् । कम्पनी अहिले तीव्र विकासको गतिमा छ । २२ देखि २४ जनाको टिम भइसकेको छ । कम्पनीको विकास सकरात्मक रुपमा अगाडि गइरहेको छ । 

अमृतको व्यवसायिक व्यक्तित्वभित्र अर्को पाटो भनेको इथिकल ह्याकरको पनि रहेको छ । इथिकल ह्याकिङको अनुभव संगालेका अमृत वस्तुको गुणस्तर र त्यसको सुरक्षा पक्षलाई निकै राम्रोसँग बुझ्छन् ।

यसैकारण सेवामा क्वालिटी तथा सेक्युरिटी अस्योरेन्सका लागि नेक्टरले अजाइल विधिबाट काम गर्दै आइरहेको उनले टेकपानालाई सुनाए ।

‘हामी अजाइल विधिमा काम गर्छौं । यो विधिअन्तर्गत हामी जुनजुन मोड्युल र प्रोडक्टमा काम गर्छौं, बनाएको प्रोडक्टहरुको प्रत्येक स्टेपमा त्यसलाई परीक्षण गर्छौं,’ अमृतले भने ।

उनी अगाडि भन्छन्, ‘आज हामीले होम पेज बनायौं  भने हामी त्यसको फूल टेस्ट गरेर मात्र बाँकी पेज बनाउँछौं । त्यो अजाइल विधिमा पर्दछ । त्यो गर्दै जाँदा हाम्रो एक लेभलको परीक्षण पूर्ण हुन्छ । अर्को भनेको हामी जुन प्रोडक्टको विकासमा काम गरिरहेका हुन्छौं । कुनै पनि वेबसाइट वा सफ्टवेयर बनाउँदा क्वालिटी पहिलो भन्ने हाम्रो मुख्य थिम हुन्छ । हामी क्वालिटी अस्योरेन्स र पेनिट्रेसन टेस्टिङ नगरी वस्तु डेलिभर नै गर्दैनौं ।’

यसका लागि नेक्टरसँग इथिकल ह्याकरहरु पनि छन् । ह्याक हुने तरिका र प्वाइन्ट तथा लुपहोलहरु सबै चेक गराएर क्यूए टेस्ट गरेर मात्र नेक्टरले वस्तु डेलिभरी गर्ने उनी बताउँछन् । 

‘हामीले अहिले गुणस्तरलाई नै प्रमुख केन्द्रमा राखेका छौं । सानो न्युज पोर्टलको पनि हामी फूल फंसनल टेस्ट गर्छौं । बग परीक्षण र क्यूए परीक्षण गरिसकेपछि मात्र हामी बेटा लाइभ गर्छौं । त्यसमा पनि हामी सुरक्षा कम्जोरी छ कि भनेर परीक्षण गर्छौं र सर्भर पनि हामी आफै नै कन्फिगर गर्छौं,’ उनले भने ।

सर्भर कन्फिग्रेसनको काम पनि आफैले गर्ने भएकाले सर्भरमा कम्पनीकाे सुरक्षा निकै माथिल्लो स्तरको हुने उनले बताए । ‘हामीसँग सर्भर विज्ञहरु छन् । म आफैं पनि सर्भर लेभलमा काम गरिरहेको व्यक्ति हाे,’ उनले थपे ।

सुरक्षासहितको गुणस्तरीय सेवाकै कारण नेक्टरले आज ठूला ठूला कर्पोरेट हाउसहरुको विश्वास जित्न सफल भएको छ । अहिले केडिया अर्गनाइजेसन, हेल्लो ट्राभल, रोयल बुटिक, होटल ठमेल जस्ता कर्पोरेट हाउस तथा होटल रेस्ट्रोहरु नेक्टरका क्लाइन्ट छन् ।

नेक्टरले नेपालबाहेक दुबई, अमेरिका र इथोपियासम्म वेब डेभलपमेन्ट, सर्भर सपोर्ट, एसईओ र ब्राण्डिङको कामहरु गरिरहेको उनी बताउँछन् । सोल्टी होटलमा क्यासिनो सम्बन्धी सफ्टवेयर पनि नेक्टरले बनाइसकेको छ । 

यद्यपि ठूला संस्थानलाई मात्र नेक्टरले सेवा प्रदान गरिरहेको छैन । कम्पनीसँग विभिन्न स्तरका प्रोडक्टहरु भएको अमृतले बताए । हाल उदयीमान अवस्थामा रहेका ईकमर्स प्लेटफर्महरुका लागि पनि कम्पनीले विशेष सेवा तथा प्रोडक्ट बनाइरहेको उनले जानकारी दिए ।  

‘हामीसँग विभिन्न लेभलका प्रोडक्टहरु छन् । ईकमर्शका लागि प्लेटफर्महरु पनि हामीले बनाइरहेका छौं । कतिपय बजारमा चलिरहेका छन् । धेरै ईकमर्श साइटहरु, न्युज पोर्टल, होटलहरुको साइट, इन्भेन्ट्री म्यानेजमेन्ट सिस्टम बनाइरहेका छौं,’ उनले सुनाए ।

पछिल्लाे समय ईकमर्श व्यवसायकाे वृद्दि भइरहेको छ । यसलाई ध्यान दिँदै कम्पनीले ईकमर्स प्लेटफर्महरुलाई मल्टिपल तरिकाबाट प्रयोग गर्न मिल्ने, सिंगल भेन्डर र मल्टि भेन्डर दुवैतिर काम गरिरहेकाे छ ।

कसैले नयाँ ईकमर्श सुरु गर्दै छ भने कम्पनीले पहिले कन्सल्ट गर्छ । ‘उसले के गर्न खोजेकाे कामको बारेमा बुझ्छौं र त्यसको मार्केट तथा बिजनेस एनालिसिस पनि गर्छौं र कस्तो किसिमको सफ्टवेयर चाहिन्छ सिंगल भेन्डर वा मल्टिभेन्डर त्यो हेरेर हामी बनाइदिन्छौं,’ उनले भने ।

सुरक्षालाई प्रत्यााभूति गरेर हरेक स्तरको प्रोडक्ट तयार गर्ने नेक्टरले सेवाको मूल्य भने एकदमै रिजनेबल लिने गरेको अमृतले बताए । 

‘नेपालमा केही गर्छौं भन्ने मान्छेहरुको लागि हामीले सुलभ मूल्यमा नै सेवा प्रदान गर्छौं । हाम्रो कस्टिङ एकदमै रिजनेबल छ । बिजनेसको स्केल हेरेर सिस्टम इन्टिग्रेसनको पार्ट हेरेर हामी चार्ज गर्छौं ।’ अमृतले भन्छन् ।  

यसबाहेक नयाँलाई ठाउँ अवसर दिन नेक्टरले एउटा उदाहरणीय अभ्यास पनि गर्दै आइरहेको छ ।

‘हामीसँग भएका म्यानपावरहरु हामीले नै सिकाएका हौं । हामी इन्टर्न तथा फ्रेसरहरुलाई प्राथमिकता दिएर काम गराइरहेका छौं । काठमाडौं सिटी कलेज, क्याथवर्ड कलेज, ब्रिटिस कलेज, पाटन मल्टिपल क्याम्पस, हिमालयन कलेज, सफ्टवेरिका जस्ता कलेजहरुबाट विद्यार्थीहरुलाई सिकाउँछौं र राम्रो गर्न सक्नेलाई प्लेसमेन्ट पनि गरिरहेका छौं,’ उनले भने ।  

आइटीको क्षेत्रमा नेक्टरको उदय उत्साहजनक रुपमा भइरहेको छ । काम ट्रयाक गर्नका लागि नेक्टरले अहिले विभिन्न सफ्टवेयर प्रयोग गरिरहका छन् । काम र प्रोजेक्टहरुको कमी छैन । तर काम गरिरहँदा पनि क्लाइन्टबाट भुक्तानीको समस्या आइरहेको समस्याले भने आफ्नो कम्पनीलाई पनि गाँजेको उनले गुनासो पोखेका छन् ।

यदि तपाईंले पनि नयाँ सोचसहित स्टार्टअप व्यवसाय थाल्नुभएको छ भने हामीलाई सम्पर्क गर्नुहोला । हामीले निरन्तर यस्तै स्टार्टअप स्टोरीमार्फत् तपाईंहरुलाई सहयोग र प्रोत्साहन गरिरहने छौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०