close

अन्तरिक्षबाट इन्टरनेट दिन स्याटेलाइटको सफल प्रक्षेपण, डाउनलोड स्पीड १०० एमबीपीएस

टेकपाना टेकपाना

भदौ २३, २०७७ ८:२८

अन्तरिक्षबाट इन्टरनेट दिन स्याटेलाइटको सफल प्रक्षेपण, डाउनलोड स्पीड १०० एमबीपीएस

काठमाडौं । अमेरिकाको निजी स्पेस कम्पनी स्पेसएक्सले बिहीबार आफ्नो १२औं स्टारलिंक मिसनको सफल प्रक्षेपण गरेको छ । उक्त प्रक्षेपणमा ६० वटा स्टारलिंक भूउपग्रहलाई पृथ्वीको कक्ष अर्बिटमा पुर्‍याइएको थियो । सोही प्रक्षेपणमा भूउपग्रहरुले डाउनलोड स्पीड सय एमबीपीएसभन्दा माथि देखाएको स्पेसएक्सको दाबी छ । 

स्टारलिंक स्पेसएक्सको एउटा महत्वकांक्षी योजना हो । यसअन्तर्गत कम्पनीले २०२४ सम्म १२ हजारवटा भूउपग्रह पृथ्वीको तल्लो अरबिटमा छोड्ने लक्ष्य लिएको छ । यी भूउपग्रहरुहले पृथ्वीको सतहमा ब्रोडब्याण्ड कभरेज प्रदान गर्नेछ ।

स्पेसएक्सको अनुसार इन्टरनेट एक्सेस नभएको, महंगो भएको र भएता पनि सरल नभएको क्षेत्रमा उच्च गतिको इन्टरनेट पुर्‍याउने यो परियोजनाको लक्ष्य छ । 

यस प्रणालीबाट प्राप्त हुने इन्टरनेटका प्रयोगकर्ताहरुले जमिनबाट पर्सनल एन्टेनाको प्रयोग गरी तारामण्डलमा ट्याप गरेर सेवा चलाउनेछन् । स्पेसएक्सका सीईओ एलोन मस्कले यसलाई स्टिकमा रहेर यूएफओ हेरेको जस्तो अनुभव हुने बताएका छन् । 

बिहीबारको प्रक्षेपणसँगै कम्पनीले हालसम्म अर्बिटमा सात सयभन्दा धेरै भूउपग्रहरु छोडिसकेको छ । अब प्रारम्भिक अपरेसनल क्षमता प्राप्त गर्न अझै चार सयवटा भूउपग्रह त्यहाँ पुर्‍याउन आवश्यक पर्नेछ । मस्कका अनुसार उल्लेखनीय अपरेसनल क्षमता प्राप्त गर्न भने अझै थप आठ सय भूउपग्रह प्रक्षेपण गर्न आवश्यक हुने छ । 

स्पेसएक्सले यसै समरमा तारामण्डलको प्राथमिक बेटा परीक्षण सुरु गरेको छ । यो परीक्षणबाट डाउनलोड स्पीडको निर्धारण गर्न सकिने स्पेसएक्सले बताएको छ । स्पेसएक्सका सिनियर प्रोग्राम इन्जिनियर केट टीसका अनुसार प्रक्षेपणको समयमा डाउनलोड स्पीड सय एमबीपीएस भन्दा धेरै पाइएको थियो ।

उनी भन्छिन्, ‘भूउपग्रहबाट हाम्रा सेवाग्राहीसमक्ष कति चाँडाे डेटा ट्राभल गर्छ भन्ने कुराको हामी परीक्षण गरिरहेका छौं । त्यसपछि हामी बाँकी इन्टरनेटमा हेर्नेछौं । यसको प्रारम्भिक परिणाम भने राम्रो आएको छ ।’

यद्यपि स्पेसएक्सले सुरुवातमा दाबी गरेको जस्तै यसको गति भने छैन । तर प्रयोगकर्ताको परीक्षणमा पाइएको ११ एमबीपीएस र ६० एमबीपीएसबीचको परिणाम भन्दा राम्रो रहेको छ । 

स्टारलिंकले २०२० मा आफ्नो सेवा क्यानडा र उत्तरी अमेरिकामा दिने लक्ष्य लिएको छ । यस्तै २०२१ सम्म विश्वभरमा यो विस्तार गर्ने लक्ष्य राखेको छ । 

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०