close

विण्डोजमा एडोब फ्ल्यास प्लेयर हटाउँदै माइक्रोसफ्ट

टेकपाना टेकपाना

भदौ २३, २०७७ १५:२४

विण्डोजमा एडोब फ्ल्यास प्लेयर हटाउँदै माइक्रोसफ्ट

काठमाडौं । के तपाईं एडोब फ्ल्यास प्लेयर प्रयोग गर्नुहुन्छ ? यदि तपाईसँग विण्डोज कम्युटर छ भने केही महिनापछि याे सफ्टवेयर प्रयोग गर्न सक्नु हुनेछैन । माइक्रोसफ्टले फ्ल्यास प्लेयरको लागि आफ्नो सिस्टम सपोर्ट बन्द गरिदिने घोषणा गरेको छ ।

३१ डिसेम्बर २०२० देखि माइक्रोसफ्टको वेब ब्राउजरले फ्ल्यासलाई सपोर्ट नगर्ने कम्पनीले बताएको छ । सेवाग्राहीलाई अनलाइनमा सुरक्षित राख्न कम्पनीले फ्ल्यास प्लेयरलाई हटाउने बताएको हो । 

जनवरी २०२१ मा माइक्रोसफ्ट एज सार्वजनिक गरेलगत्तै फ्ल्यास माइक्रोसफ्टको ब्राउजरबाट हट्ने बताइएको छ । माइक्रोसफ्ट एजको विरासत उदय भएसँगै इन्टरनेट एक्स्प्लोरर ११ को पनि युग समाप्त भएको छ । 

माइक्रोसफ्टले मात्र होइन २०१७ को जुलाईमा एप्पल, गूगल, मोजिल्ला र फेसबूकले पनि ठूला इन्टरनेट खेलाडीका कारण फ्ल्यासको युग विस्तारै सकिएको घोषणा गरेको थिए । 

माइक्रोसफ्टका प्रोग्राम म्यानेजर सुचित्रा गोपिनाथका अनुसार प्रयोगकर्ताहरुले एचटीएमएल फाइभ, वेब जीएल र वेब एसेम्बली जस्ता सुरक्षित विकल्प प्रयोग गर्न थालेपछि फ्ल्यास प्लेयरका प्रयोगकर्ताहरुको संख्या घट्न थालेको थियो ।

यिनै कारणले फ्ल्यास प्लेयरलाई बन्द गर्नुपर्ने अवस्था आएको उनले ब्लग पोस्टमा उल्लेख गरेकी छिन् । यद्यपि २०२० को अन्त्यसम्म भने माइक्रोसफ्टले एडोब फ्ल्यास प्लेयरको लागि सेक्युरिटी अपडेट प्रदान गर्ने बताएको छ । 

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०