close

चीनले प्रस्तुत गर्‍यो ‘डेटा सेक्युरिटी सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड’

टेकपाना टेकपाना

भदौ २३, २०७७ १९:५१

चीनले प्रस्तुत गर्‍यो ‘डेटा सेक्युरिटी सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड’

काठमाडौं । डेटा सेक्युरिटीको विषयलाई लिएर अमेरिका र चीनबीच तनाव चलिरहँदा बेइजिङले एक कदम अगाडि बढ्दै ‘डेटा सेक्युरिटी इनिसियटिभ्स’ सार्वजनिक गरेको छ । जसले ‘डेटा सेक्युरिटी सम्बन्धी विश्वव्यापी मापदण्ड’ को रुपमा काम गर्ने चीनको विश्वास छ । 

चीनका स्टेट काउन्सलर तथा विदेश मन्त्री वाङ यी बेइजिङमा आयोजित एक बैठकमा सहभागी भएका थिए । उक्त बैठकमा आठ वटा भागमा रहेको फ्रेमवर्कमा घोषणा गर्दै उनले नियमित रुपमा बहशमा रहेका विषय सहित बेइजिङले प्रयोगकर्ताको डेटा नियन्त्रण  गर्दा अपनाउने तौरतरिका समेटिएका छन् । 

इनिसियटिभ्समा रहेको व्यवस्था अनुसार बेइजिङले चाइनिज कम्पनीसँग अन्य देशको कानूनको उलंघन गर्दै डेटा आफ्नो देशमा ट्रान्सफर गर्न नलगाउने उल्लेख छ । 

चीनले अन्य देशलाई आम प्रयोगकर्ताको डेटा संकलन विरुद्ध खडा हुन आमन्त्रण गर्दै कम्पनीहरुलाई समेत आफ्नो उत्पादन तथा सेवालाई अवैध रुपमा डेटा संकलनको माध्यम बन्नबाट जोगिन आग्रह गरेको छ । 

टिकटक बिक्रीको समयतालिका समाप्त हुनुभन्दा केही दिन अगाडि मात्र आएको यो घोषणालाई निकै उत्सुकतापूर्वक हेरिएको छ । वासिङटनले अमेरिकी प्रयोगकर्ताको डेटा बेइजिङमा पठाउने गरेको र त्यसबाट आफ्नो राष्ट्रिय सुरक्षामा चुनौती पैदा गरेको आरोप लगाउँदै आएको छ ।

तर टिकटकले भने सुरुवाती समयदेखि नै अमेरिकी प्रशासनको यस्तो आरोप अस्वीकार गर्दै आएको छ । गत हप्ता मात्रै चीनले निर्यात सम्बन्धी कानूनलाई संसोधन गरेको थियो । जसले टिकटकको बिक्रीलाई जटिल बनाउने आँकलन गरिएको छ । 

अमेरिकी प्रसाशनले वर्षौंदेखि ह्वावेले आफ्नो दूरसञ्चार उपकरणमा स्पाइवेयर (खुफिया प्रविधि) राख्ने गरेको वक्तव्यबाजी समेत गर्दै आएको छ । यद्पि वासिङटनले सार्वजनिक तवरमा त्यसलाई सहयोग पुग्ने कुनै पोख्त प्रमाण भने अहिलेसम्म सार्वजनिक रुपमा पेश गर्न सकेको छैन । 

दुई द्शबीचको जारी विवादले बेइजिङलाई नयाँ डेटा सेक्युरिटीको मापदण्डका लागि धकेलेको हुनसक्ने देखिन्छ । यसबाट एउटा कुरा के निश्चित भएको छ भने, चीन साइबर संप्रभुताको अवधारणा अगाडि बढाउन निरन्तररुपमा जोड दिइरहेको छ ।

जुन उसको ग्रेट फायरवाल र डेटा लोकलाइजेसन सम्बन्धी व्यवस्थामा समेत मुखरित भएको छ । चिनियाँ तथा विदेशी अधिकारीहरु, थिङ्कट्याङ्क र कम्पनीका प्रतिनिधिहरु समेत सहभागी मंगलबारको बैठकमा इनिसियटिभ्समाथि सुझावको अपेक्षा गरिएको चिनियाँ कम्प्युनिस्ट पार्टीको आधिकारिक पत्रिका ग्लोबल टाइम्सले जनाएको छ । 

चिनियाँ प्रविधि कम्पनीमाथि प्रतिबन्ध लगाउने तथा उनीहरुलाई अमेरिकी कम्पनीसँगको कारोबारमाथि रोक लगाउने ट्रम्प प्रशासनको ‘क्लिन नेटवर्क’ कार्यक्रमाथि झाङले कडा प्रहार गरेका छन् । 

‘एउटा कुनै देशले अर्कोमाथि क्लिन नेटवर्कको नाममा बिना आधार आक्षेप लगाउने र सुरक्षालाई अन्य देशका प्रतिस्पर्धी उद्यमहरुलाई रोक्ने बहानाको रुपमा प्रयोग गर्ने काम भएको छ । धम्कीको यस किसिमको घृणित हर्कत खारेज योग्य,’ वाङले कुनै देशको नाम नलिएरै भनेका छन् । यद्यपी ती अधिकारीको विवरणमा कुनै अस्पष्टता भने थिएन । 

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०