close

अनलाइनबाटै रोजगारमूलक सीप सिकाउँदै ‘ग्लोकल आफ्टर स्कूल’

टेकपाना टेकपाना

भदौ २४, २०७७ १९:५६

अनलाइनबाटै रोजगारमूलक सीप सिकाउँदै ‘ग्लोकल आफ्टर स्कूल’

काठमाडौं । कोभिड-१९ को महामारीसँगै भएकाे लकडाउन र निषेधाज्ञाले हरेक क्षेत्र प्रत्यक्ष मर्कामा परेका छन् । यस्ताे अवस्थामा नयाँ विकल्प पनि जन्मिरहेका छन् । मुख्यत: शिक्षा र राेजगारीकाे क्षेत्र परम्परागत प्रणालीमै अभ्यस्त भइरहेकाे बेला काेभिडले विभिन्न वैकल्पिक उपाय सिर्जना गरिदिएकाे छ ।

यसैबीच युवालाई अनलाइनबाटै विभिन्न सीप सिकाउने उद्देश्यसहित ग्लोकल बिजनेस इन्टरप्राइजले अहिले ग्लोकल आफ्टर स्कूल सञ्चालन गरिरहेको छ । शिक्षा, उद्यमशीलता र सीपको क्षेत्रमा काम गर्दै आइरहेको याे कम्पनी अब अनलाइनबाटै सीप सिकाउन लागिपरेकाे हाे ।

लकडाउन अघि ग्लाेकलले सञ्चालन गरेकाे सीपमूलक शिक्षामा सहभागी विद्यार्थीहरू

लकडाउन सुरु भएको केही दिनमै ग्लोकलले नयाँ भेन्चर ग्लोकल आफ्टर स्कूल सुरु गरेको थियो । ‘आइसोलेसनमा हुँदा सीप सिकौं’ भन्ने मुख्य नारा लिएर सुरू भएकाे याे स्कूलबाट विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट अनलाइन कोर्षहरु सञ्चालन भइरहेकाे छ ।

उद्योग तथा शैक्षिक क्षेत्रलाई जोड्न सेतुको काम गर्न रोजगारमूलक सीप सिकाउन याे कम्पनी उद्यत छ । यसले विभिन्न प्रशिक्षण, वर्कसप, अनलाइन तथा अफलाइन कोर्षको माध्यमबाट सीपमूलक शिक्षा प्रदान गरिरहेको छ ।

यसको महत्वपूर्ण लर्निङ प्रोडक्टहरुमा स्किल विक, सीईओ अनप्लग, रिसर्च प्रोजेक्ट र अनलाइन लर्निङ रहेका छन् । यसको अनलाइन कोर्षमार्फत युवाहरुले आफ्नो रुचिको विषयमा प्रत्यक्ष सहभागी भएर सीप विकास गर्न सक्छन् ।

लकडाउनपछि यसमा आबद्ध भएका युवाहरुले उद्यमशीलता, व्यक्तिगत वित्तीय व्यवस्थापन, स्पिकिङ, एक्टिङ, स्क्रिप्ट राइटिङ एण्ड करियर बिल्डिङ, कोडिङ एण्ड प्रोग्रामिङ, साइबर सेक्युरिटी म्यानेजमेन्ट जस्ता विषयमा अनलाइन कोर्ष सम्पन्न गरिसकेका छन् ।

अनलाइन कक्षाका सहभागीहरू

यी विद्यार्थीहरुले २५ भन्दा धेरै अनलाइन कोर्ष र विभिन्न अनलाइन प्रोजेक्ट सम्पन्न गरिसकेका छन् । यी कोर्षहरुमा तीन हजारभन्दा धेरै विद्यार्थीहरु सहभागी थिए । ग्लोकलले अहिले ‘सेल्फ पेस सेल्फ लर्निङ क्लास’ सुरु गरेको छ, जहाँ विद्यार्थीहरुले आफ्नो सहजता अनुसार कोर्ष लिन सक्छन् ।

यसबाहेक नेपालमा अनलाइन शिक्षण प्रणालीलाई राम्रो बनाउन ग्लोकलले अनलाइन प्रशिक्षकहरुका लागि मासिक प्रशिक्षण पनि सञ्चालन गरिरहेका छन् । याे कम्पनीले अनलाइन प्रशिक्षणबाहेक परिणाममुखी अभ्यास तथा मूल्यांकनका काम पनि गर्दै आइरहेको छ ।  

ग्लाेकलकाे अनलाइन लर्निङमा किशोरदेखि युवा उमेर समूहका सबै सहभागी हुन सक्छन् । यसका लागि विद्यार्थीले ग्लोकल आफ्टर स्कूल को वेबसाइटमा गएर भर्ना हुन सक्छन् ।

यति गरिसकेपछि विद्यार्थीको आफ्नै अकाउन्ट बन्छ । जूम भिडियाे प्लेटफर्मबाट यस्ता अनलाइन कोर्षको पठनपाठन गराइरहेको ग्लोकलकी सञ्चार अधिकृत सरु प्याकुरेल बताउँछिन् ।

कोर्षको शुल्क पनि निकै सुलभ रहेको जानकारी उनले दिइन् । लकडाउन सुरु भएको दुई दिनपछि मार्च ३० मा ग्लोकलले याे कोर्ष सुरु गरेको थियो । सामान्य अवस्था भएपछि पनि अनलाइन कोर्षलाई निरन्तरता दिने उनले बताइन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०