close

फेवा बजारले ५ लाख सम्मको सामान उधारोमा दिँदै, शुन्य ब्याजदरमा किस्ता तिर्न सकिने

टेकपाना टेकपाना

भदौ २५, २०७७ १७:३१

फेवा बजारले ५ लाख सम्मको सामान उधारोमा दिँदै, शुन्य ब्याजदरमा किस्ता तिर्न सकिने

काठमाडौं । ईकमर्स कम्पनी फेवा बजार डटकमले बिनाधितो किस्ताबन्दीमा खरिद गर्न मिल्ने सुविधा ल्याएको छ । ईकमर्सलाई देशव्यापी बनाउने उद्देश्यसहित उपभोग्य सामाग्री घर घरमै पुर्‍याउँदै आएको फेवा बजारले माछापुच्छ्र्रे बैंक, प्रभु बैंक र सनराइज बैंकसँगको सहकार्यमा यस्ताे योजना ल्याएको हो ।

यसअन्तर्गत उपभाेक्ताले ५ लाख सम्मकाे सामान उधारोमा किन्न पाउनेछन् । शुन्य ब्याजदरमा मासिक रूपमा किस्ता तिर्न मिल्ने गरी याे याेजना ल्याइएकाे हाे ।

पोखरामा मुख्य कार्यालय तथा काठमाडौंमा कर्पोरेट कार्यालय रहेकाे फेवाबजारले देशका विभिन्न सहरहरुमा ११ वटा आउटलेट पनि सञ्चालन ल्याएकाे छ । फेवाबजारले आफूलाई ईएमआई (किस्ताबन्दीमा रकम तिर्न सकिने) प्रणाली अपनाएर सामग्री उपलब्ध गराउने नेपालको पहिलो ईकमर्स कम्पनीको रुपमा प्रस्तुत गर्ने गदर्छ ।

यो योजना हालका लागि विद्यार्थी, शिक्षक शिक्षिका, पेशेवर र व्यवसाय सञ्चालकका लागि लक्षित गरी ल्याइएकाे हाे । योजनामा सहभागी हुन याे फर्म भर्न सकिनेछ ।

सबै प्रकारका सामान बिक्री गर्ने उद्देश्यले सञ्चालित फेवा बजारमा नेपालमा पाइने विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल्स, क्लोथिङ एण्ड फेसन, किचन एण्ड डाइनिङ, स्पोर्टस एण्ड आउट डुअर्स, फर्निचर एण्ड डेकोरेसन, कला-साहित्यका पुस्तक लगायतका सामाग्रीहरू रहेका छन्।

बाग्रेनिङ गर्न नपर्ने, समयको बचत हुने, भीडभाडमा ठगिने सम्भावना नहुने, न्यून मूल्यमा होम डेलीभरी सेवा, मासिक किस्ताबन्दी ठूला सामानका साथै विशेष अफरको समय भित्र ५० प्रतिशत छुटका साथै अन्य आकर्षक स्किम दिने भएकाले ग्राहकले फेवाबजार डट कमबाट सामान खरिद गर्ने गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०