close

अब अन्य स्मार्टफोनमा समेत ह्वावेको हार्मोनी अपरेटिङ सिस्टम प्रयोग गर्न मिल्ने

टेकपाना टेकपाना

भदौ २५, २०७७ १९:२७

अब अन्य स्मार्टफोनमा समेत ह्वावेको हार्मोनी अपरेटिङ सिस्टम प्रयोग गर्न मिल्ने

काठमाडौं । आउँदो वर्ष अगावै ह्वावेको हार्मोनी अपरेटिङ सिस्टम अन्य स्मार्टफोनमा समेत प्रयोग गर्न मिल्ने भएको छ । कम्पनीका मोबाइल सीईओ रिचार्ड यूले आगामी अपडेटसँगै अरु फोनमा समेत हार्मोनी ओएस प्रयोग गर्न सकिने बताएको खबर सीनेटले प्रकाशित गरेको छ ।

मंगलबार आयोजित ह्वावेको डेभलपर कन्फ्रेन्सलाई सम्बोधन गर्दै हूले कम्पनीभित्र बनेको सफ्टवेयरको विषयमा विस्तृत जानकारी दिएका थिए । जुन पूर्णतः ओपन सोर्स प्लेटफर्म हुने र अहिलेकोभन्दा शक्तिशाली डिभाइसहरुमा समेत काम गर्ने किसिमको हुनेछ ।

गत वर्ष पहिलोपटक सार्वजनिक भएको हार्मोनी ओएस सिधा रुपमा एप्पलको आईओएस र गुगलको एन्ड्रोइडको जवाफको रुपमा ल्याइएको हो ।

अमेरिकी प्रविधि तथा उत्पादन प्रयोगमा प्रतिबन्ध लागेसँगै यस अघि गुगलको सेवा प्रयोग गर्दै आएको ह्वावेले त्यसको विकल्पको रुपमा आफ्नै अपरेटिङ सिस्टम विकास गरेको हो ।।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०