close

सी प्रोग्रामिङको नि:शुल्क अनलाइन क्लास दिँदै ब्रोडवे, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

भदौ २६, २०७७ १६:३५

सी प्रोग्रामिङको नि:शुल्क अनलाइन क्लास दिँदै ब्रोडवे, यसरी हुनुहोस् सहभागी

काठमाडौं । ब्रोडवे इन्फोसिसले तीन दिनको नि:शुल्क सी प्रोग्रामिङ सेसन सञ्चालन गर्ने भएको छ । २१ सेप्टेम्बरदेखि २३ सेप्टेम्बरसम्म सञ्चालन हुने यो सेसन दैनिक बिहान ११ बजेदेखि २ घण्टासम्म सञ्चालन हुनेछ । 

याे सेसनमा सी प्रोग्रामिङ अन्तर्गत बेसिक कोडिङ, स्ट्रक्चर, डिलिङ विथ एर्रे एण्ड फङसन तथा यसका अन्य आधारभूत सीप सिकाइने छ । इच्छुक विद्यार्थीहरुले सी प्रोग्रामिङ सेसनमा सहभागी हुन फर्म भर्नुपर्नेछ । 

सी प्रोग्रामिङको क्षेत्रमा दशकौं लामो अनुभव बोकेका विज्ञहरुबाट उक्त सेसन सञ्चालन हुने ब्रोडवेले जानकारी दिएको छ । 

एसईई तथा प्लस टू सकेर बसेका विद्यार्थीहरुका लागि यो सेसन एकदमै महत्वपूर्ण हुने ब्रोडवेले बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०