close

भिजाले ल्यायो नेपालका लागि पेमेन्ट सेक्युरिटी रोडम्याप

टेकपाना टेकपाना

भदौ २६, २०७७ १८:४

भिजाले ल्यायो नेपालका लागि पेमेन्ट सेक्युरिटी रोडम्याप

काठमाडौं । ग्लाेबल पेमेन्ट टेक्नाेलाेजी कम्पनी भिजाले नेपालका लागि पेमेन्ट सेक्युरिटी राेडम्याप ल्याएकाे छ । पछिल्लाे समय स्मार्टफोन र ल्यापटप जस्ता डिभाइसबाट भुक्तानी गर्ने अभ्यास बढेसँगै भिजाले सुरक्षित डिजिटल भुक्तानीका लागि सहयाेग पुर्‍याउन याे राेडम्याप ल्याएकाे बताएकाे छ ।

रोडम्याप सुरूवात गर्दै भिजा एसिया प्यासिफिकका हेड अफ रिस्क जो कनिङ्गहमले नयाँ रोडम्यापले नेपाली संस्थालाई विश्वव्यापी मापदण्ड र उत्तम अभ्यासमा काम गर्न सहयाेग पुर्‍याउने बताए ।

भिजाले आर्टिफिसियल इन्टेलिजेन्स प्रयोगमार्फत विश्वमा वार्षिक २५ विलियन अमेरिकी डलर ठगी रोकेको दाबी गरेकाे छ ।

राेडम्यापमा संवेदनशील पेमेन्ट डेटा हटाउने, व्यक्तिगत तथा खाता विवरणकाे सुरक्षा गर्ने, संम्भावित ठगी हुनुभन्दा पहिले नै पहिचान गर्ने, अकाउन्ट हाेल्डर र मर्चेन्ट सबैलाई भुक्तानी प्रक्रिया सुरक्षित गर्न सक्रिय भूमिका खेल्न सक्षम बनाउने लगायतका विषय उल्लेख गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०