close

जूमको डेस्कटप र मोबाइल एपमा अब टु फ्याक्टर अथेन्टिकेसन

टेकपाना टेकपाना

भदौ २७, २०७७ १०:३६

जूमको डेस्कटप र मोबाइल एपमा अब टु फ्याक्टर अथेन्टिकेसन

काठमाडौं । भिडियो कन्फ्रेन्सिङ एप जूमले आफ्नो डेस्कटप र मोबाइल एप्लिकेशनमा टु फ्याक्टर अथेन्टिकेशनको फिचर थपेको छ । प्रयोगकर्तालाई थप सुरक्षित रूपमा एप चलाउने सुविधा दिन जूमले यो सेक्युरिटी फिचर ल्याएको हो ।

जूमले टु फ्याक्टर अथेन्टिकेशन सपोर्टको फिचर ल्याएको यो पहिलो पटक भने होइन । यो फिचर पहिले वेबमा मात्र उपलब्ध थियो । अब डेस्कटप र मोबाइलमा पनि टु फ्याक्टर अथेन्टिकेशन थपिएपछि सबै प्रकारका प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउने छन् ।

जूमले टु फ्याक्टर अथेन्टिकेशनका अतिरिक्त वान-टाइम लगईन कोडहरु प्राप्त गर्ने विभिन्न तरिकाहरु पनि दिएको छ । यसअघि गुगल अथेन्टिकेटरले मात्रै प्रयोगर्कताको कोड जेनेरेट गर्थ्यो भने अब एसएमएसबाट पनि कोड प्राप्त गर्न सकिनेछ ।

साथै जूमले रिकभरी कोर्डको सपोर्ट पनि थपेको छ । यसका कारण अब तपाईंले आफ्नो मोबाइल डिभाइस हराएको खण्डमा पनि जूम एकाउन्टमा पुनः एक्सेस पाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०