close

निःशुल्क रुपमा व्यापार व्यवसाय बढाउन सघाउने ‘वरिपरि एप’

टेकपाना टेकपाना

भदौ २८, २०७७ १६:१

निःशुल्क रुपमा व्यापार व्यवसाय बढाउन सघाउने ‘वरिपरि एप’

काठमाडौं । पटक–पटकको लकडाउन र निषेधाज्ञाले समग्र व्यापार व्यवसाय थलिएको छ । अहिलेको सन्दर्भमा डिजिटल माध्यम मार्फत आफ्ना वस्तु तथा सेवाको बिक्री गर्नु बाध्यात्मक विकल्प हो ।

मोबाइल एप ‘वरिपरि’ ले यही आवश्यकतालाई मध्यनजर गर्दै व्यापार व्यवसायलाई निःशुल्क आवद्ध गराउन थालेको छ । नेपालका कुनै पनि ठाउँ आसपासका व्यवसायले प्रदान गर्ने वस्तु तथा सेवाका बारेमा ग्राहकलाई जानकारी दिन वरिपरि एप तयार गरिएको हो ।

यसमा जुनसुकै व्यवसायले निःशुल्क रुपमा दर्ता गरी आफ्नो वस्तु तथा सेवा बेच्न पाउने बताइएको छ । आफ्नो एपमार्फत व्यवसायीहरुले डिजिटल माध्यमबाट सजिलै उपभोक्ता माझ पुगेर व्यवसाय वृद्धि गर्नसक्ने वरिपरि नेपाल प्रालिका संस्थापक राज रेग्मीले बताए । 

एपमा आफ्नो व्यवसाय दर्ता गर्न पनि सजिलो छ । त्यसका लागि सुरुमा वरिपरि मोबाइलमा एप डाउनलोड गरि नाम र मोबाइल नम्बर राखेर अकाउन्ट खोल्नुपर्ने हुन्छ ।

अकाउन्ट खोलेपछि ‘क्रिएट स्टोर’ मा गई आफ्नो व्यवसायको नाम र ठेगाना उल्लेख गर्नुपर्ने हुन्छ । यसरी जुनसुकै किसिमको व्यवसाय वरिपरिमा दर्ता गर्न सकिने संस्थापक रेग्मीले बताए। 

वरिपरि  एपमा दर्ता गरेपछि व्यवसायीले आफ्नो सेवा अवधि तोक्न पाउँछन् । जसबाट ग्राहकले एपमा हेर्दा सो समयमा खुल्ला छ कि बन्द छ भनेर जानकारी लिन सक्छन् ।

होम डेलिभरिको व्यवस्था छ कि छैन र  भुक्तानीका विकल्पहरु (बैंक कार्ड, ईसेवा, खल्ती, सेल पे) के के छन् भनेर पनि एपमै उल्लेख गर्न सकिनेछ । यसले व्यवसाय र ग्राहकलाई सहज बनाउने कम्पनीको विश्वास छ ।

आजको प्रतिस्पर्धात्मक बजारमा व्यवसायलाई बजारीकरण गर्न ठूलो लगानी गर्नुपर्ने हुन्छ । यस्तोमा लगानी अनुरुपकै क्षति बेहोर्नुपर्ने जोखिम पनि त्यही स्तरमा रहन्छ ।

तर वरिपरि एपले क्रेता र बिक्रेतालाई एकै ठाउमा ल्याएर सहजता प्रदान गर्ने भएकाले त्यस किसिमको जोखिम नरहने रेग्मीको भनाई छ। स्थानीय स्तरमा उत्पादित वस्तु तथा सेवाको उपभोग बढाउनु र ग्राहकको शपिङलाई सहजता दिलाउनु वरिपरि एपको मुख्य लक्ष्य रहेको रेग्मीले बताए ।

हाल ग्राहकले आपसमा भएका व्यवसायको जानकारी नपाउँदा वस्तु तथा सेवाका लागि टाढासम्म पुग्नुपर्ने बाध्यता छ । अर्कोतर्फ व्यवसायहरुले समेत ग्राहक नपाइरहेको अवस्था हुन्छ ।

वरिपरि एपले यस किसिमको समस्याको समाधान गरी दुवै पक्षको समय र पैसा बचत गराउनेछ । नयाँ ठाउँमा पुगेका व्यक्तिलाई वरिपरि एपले शपिङ गाइडको काम समेत गर्नेछ । यहाँ क्लिक गरेर वरिपरिको सेवाको विषयमा थप जानकारी समेत लिन सकिनेछ ।

वरिपरिको मोबाइल एप डाउनलोड एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०