close

डिशहोममै हेर्नुहोस् बलिउड फिल्म ‘खाली पिली’ को प्रिमियर शो

टेकपाना टेकपाना

भदौ २९, २०७७ ११:२५

डिशहोममै हेर्नुहोस् बलिउड फिल्म ‘खाली पिली’ को प्रिमियर शो

काठमाडौं । कोभिड १९ का कारण पछिल्लो समय सिनेमा हल सञ्चालनमा आउन सकेका छैनन् । यस्तो अवस्थामा कतिपय देशमा विभिन्न ओभर दि टप (ओटीटी) प्लेटर्ममार्फत सिनेमा रिलिज भइरहेका छन् ।

यसको एउटा उदाहरण भारत पनि हो । भारतमा बनेका दर्जनौें फिल्म पछिल्लो समय नेटफ्लिक्स, डिज्ने प्लस लगायतका ओटीटी सेवा प्रदायकबाट रिलिज भएका छन् ।

यसअन्तर्गत सुशान्तसिंह राजपुतको अन्त्तिम फिल्म ‘दिल बेचारा’ का साथै अनिल कपुर, पुजा भट्ट, बबी देवल, भुमी पेड्नेकर, कोनकोना सेनशर्मा, जानभी कपुर जस्ता कलारकाहरुको फिल्म लुडो पनि रहेकाे छ ।

त्यस्तै तोर्बाज, रात अकेली है, डोली किट्टी और वो चमकता सितारे, बम्बे रोज, गिन्नी विड्स सन्नी पनि यसरी नै रिलिज भए ।

नेपालमा ओटीटी सेवा प्रदायकमार्फत नै फिल्म रिलिज भएको घटना त छैन् । तर, नेपाली हलमा र टेलिभिजिन मार्फत एकै साथ नेपाली फिल्म रिलिज भएको घटना भने छ ।

यसअघि रेखा थापाको फिल्म हलका साथ डिशहोमार्फत एकै पटक रिलिज गरिएको थियो । अब भने डिशहामेले पहिलो पटक बलिउड अर्थात हिन्दी फिल्म नै डिशहोममार्फत रिलिज गर्ने भएको छ ।

अनन्या र इसान खट्टरको मुख्य भुमिका रहेको हिन्दी फिल्म ‘खाली पिली’ डिशहोममार्फत रिलिज हुने भएको छ ।

‘अक्टोबर २ मा यो फिल्म विश्वभर सार्वजनिक हुँदैछ । त्यसमा नेपालको लागि डिशहोमले अधिकार खरिद गरेको हो,’ डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले भने, ‘यसअघि यस्ता फिल्म नेपाली फिल्म हलबाट रिलिज हुने गरेको थियो । तर, हालको अवस्थामा त्यो सम्भव नभएकोले हामीले डिशहोममार्फत यो फिल्म नेपालमा रिलिज गर्ने तयारी गरेका हौं ।’

आचार्यका अनुसार यसरी अन्तराष्ट्रिय फिल्म टेलिभिजनमार्फत नेपालमा रिलिज हुने नेपालको फिल्म इतिहास मै पहिलो पटक हो । यो फिल्म डिशहोमको चलचित्र सिनेमा घरको सिनेमा घर च्यानलमा रिलिज हुनेछ ।

आफ्ना ग्राहकलाई घरमै बसेर नयाँ फिल्मको आनन्द लिने अवसर प्रदान गर्ने योजनाअनुरूप जी नेटवर्कसँगको सहकार्यमा यो फिल्म नेपालमा रिजिल गर्ने लागिएको हो ।

‘हामीले जी नेटर्वक यो प्रिमियमको लागि राइट लिएका हौं,’ उनले भने, ‘आगामी दिनमा हामीले जी नेटवर्कसँग सहकार्य गर्दै यस्तै नयाँ–नयाँ फिल्मका साथै सिरिज पनि सार्वजनिक गर्नेछाैं ।’

आचार्यका अनुसार दर्शकले प्रति शो शुल्क तिर्ने गरी (पे पर भ्यु) घरमै बसेर चलचित्र हेर्न पाउनेछन् । यो फिल्मको प्रति शो कति शुल्क लाग्ने भन्ने विषय भने अझै तय नभइसकेको उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०