close

स्वचालित सवारीसम्बन्धी वेबिनार गर्दै माउन्टेक, निःशुल्क रुपमा यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

भदौ २९, २०७७ १२:२७

स्वचालित सवारीसम्बन्धी वेबिनार गर्दै माउन्टेक, निःशुल्क रुपमा यसरी हुनुहोस् सहभागी

काठमाडौं । माउन्टेक सोलुसनले अटोनोमस ड्राइभिङ (स्वचालित सवारी) सम्बन्धी एक दिने वेबनार (अनलाइन सेमिनार) आयोजना गर्ने भएको छ । जर्मनीको अटोमोटिभ डोमेनमा कार्यरत वरिष्ठ विकास अधिकृत अनुप श्रेष्ठको साथमा आउँदो शनिबार वेबनार हुने भएको हो ।

नेपाली समयअनुसार बेलुका ६ बजेदेखि ८ बजेको बीचमा उक्त सेमिनार आयोजना हुनेछ । वेबनारमा मुख्य प्रस्तुतकर्ताको रुपमा सहभागी हुने श्रेष्ठ जर्मनीको आईओभी अटोमोटिभमा विगत चार वर्षदेखि डेभलपमेन्ट इन्जिनियरको रुपमा कार्यरत छन् । 

ज्याकब युनिभर्सिटी बर्मेनबाट इलेक्ट्रोनिक इन्जिनियरिङ विषयमा एमएससी गरेका उनले विभिन्न आईओटी तथा टेलिकम कम्पनीहरुका लागि सिस्टम तथा सफ्टवेयर डेभलपमेन्टको काम समेत गरिसकेका छन् ।

बीई इन्जिनियरिङ भने उनले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट पास गरेका थिए । जर्मनी जानु अघि श्रेष्ठले केही समय नेपाल टेलिकममा समेत काम गरेका थिए ।

सेमिनारमा उनले अटोनोमस ड्राइभिङ र त्यससँग सम्बन्धित इन्जिनिरिङका विविध आयामको विषयमा चर्चा गर्नेछन् । सेमिनारमा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी रजिस्टर गर्न सक्नु हुनेछ । 

विद्यार्थी, आईटी विज्ञ, अटोनोमस भेहिकलको डेत्रमा काम गर्न चाहने उद्यमी, रोबोटिक्स, अनुसन्धानकर्ता, वैज्ञानिकदेखि यसमा चाँसो राख्ने सामान्य व्यक्तिले समेत कार्यक्रममा सहभागीता जनाउन सक्ने माउन्टेकका संस्थापक सूर्य बस्नेतले जानकारी दिए । रजिस्ट्रेसन पश्चात शुक्रबारसम्म सहभागीहरुलाई लग ईन तथा पासवर्ड प्राप्त हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०