close

पहिलाे राष्ट्रिय स्टिम एजुकेसन सम्मेलन हुँदै, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

भदौ २९, २०७७ १९:३१

पहिलाे राष्ट्रिय स्टिम एजुकेसन सम्मेलन हुँदै, यसरी बन्नुहोस् सहभागी

काठमाडौं । स्टिम एजुकेसन (विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित शिक्षा) सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । स्टिम फाउन्डेसन नेपाल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त प्रयासमा यहि भदौ ३० मा पहिलो ‘स्टिम २०२०’ नामक पहिलो राष्ट्रिय सम्मेलन हुने भएको हो ।

कार्यक्रमका लागि कारखाना र नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान, प्याब्सन, एन प्याब्सन र विभिन्न संस्थाहरुसँग समेत सहकार्य गरिएको छ । सम्मेलनमा स्टिम विधाका विदेशी तथा स्वदेशी विज्ञहरुको प्रस्तुतीका साथै प्यानल छलफल समेत हुनेछ ।

समानान्तर रुपमा चल्ने सेसनमार्फत विद्यार्थी, अभिभावक र शिक्षकहरुले रमाइला तालिम समेत प्राप्त गर्न सक्नेछन् । ‘स्टिम २०२०’ सम्मेलनमा देशभरका शिक्षक, शिक्षिका, विद्यालय संञ्चालक र सम्पूर्ण सरोकारवालाहरुको सहभागीता रहनेछ ।

आयोजक स्टिम फाउन्डेसन नेपालका अध्यक्ष सर्जन बिसीले आठौं राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर यो सम्मेलन आयोजना गर्न लागिएको बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन् ।

जसमा युनिभसिटी यूएसएका स्टिम निर्देशक एन्ड्रु इज्साक र लेट्स टक साइन्स क्यानडाका निर्देशक बोनी स्मिद प्रमुख वक्ताको रुपमा रहनेछन् ।

नेपाली वैज्ञानिक महाबाीर पुन, काठमाडौं विश्वविद्यायलयका स्टिम प्रमुख प्राध्यापक डा बालचन्द्र लुइटेल, मन्त्रालयका प्रवक्ताः दीपक शर्मा, सीईएचआरडीका प्रमुख डा तुल्सि थपलिया, नाष्टका प्रवक्ता डा. रविन्द्र ढकाल, एन प्याब्सनका अध्यक्ष ऋतु सापकोटा, प्याब्सनका सह अध्यक्ष डीके ढुङ्गाना प्यानल डिस्कसनमा वक्ताको रुपमा रहनेछन् ।

प्रकाशित राष्ट्रिय शिक्षा नीति २०७६ मा अबको सम्पूर्ण शिक्षणमा स्टिम एजुकेसनलाई समावेश गराउने विषय उल्लेख छ । यस विषयलाई राष्ट्रियकरण गर्ने कार्यमा स्टिम फाउन्डेसन नेपालको महत्वपूर्ण भूमिका रहेको छ ।

यदि तपाईं पहिलो पटक आयोजना हुन गइरहेको स्टिम एजुकेसन सम्मेलनमा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी आवश्यक विवरण भरेर रजिस्ट्रेसन गर्न सक्नुहुनेछ । सम्मेलन मंगलबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०