close

फेसबुकले सार्वजनिक गर्‍यो सँगसँगै भिडियो हेर्न मिल्ने फिचर

टेकपाना टेकपाना

भदौ २९, २०७७ २१:३०

फेसबुकले सार्वजनिक गर्‍यो सँगसँगै भिडियो हेर्न मिल्ने फिचर

काठमाडौं । फेसबुकले म्यासेञ्जरमा साथी तथा परिवारसँग एकसाथ भिडियो हेर्न सकिने फिचर सार्वजनिक गरेको छ । वाच टुगेदर नाम दिइएको यो फिचरमार्फत ओरिजिनल कार्यक्रम, प्रयोगकर्ताले अपलोड गरेका, क्रियटर कन्टेन्ट, लाइभ स्ट्रिम लगायत फेसबुक वाच भिडियो कन्टेन्ट सँगसँगै हेर्न सकिनेछ ।

यसैगरी चाँडै म्युजिक भिडियो समेत यसमा समावेश गरिनेछ । फेसबुकको यो कोवाचिङमा मोबाइल म्यासेञ्जरमा ८ जनासम्मले तथा म्यासेञ्जर रुममा ५० जनासम्मले एकसाथ भिडियोको अनुभव लिन सक्ने बताइएको छ ।

कोभिड १९ ले हुलु, प्लेक्स र अमेजन जस्ता थुप्रै स्ट्रिमिङ सर्भिस प्लेटफर्मलाई सँगसँगै भिडियो हेर्न सकिने फिचरका लागि बल पुर्‍याएको छ । फेसबुकले कोभिडकै कारण यो फिचर ल्याएको भने होइन ।

तस्वीरः फेसबुक

किन भने यसले सँगसँगै भिडियो हेर्न सकिने फिचर ल्याउने घोषणा दुई वर्ष अघिको आफ्नो एफ एट डेभलपर कन्फ्रेन्समार्फत नै गरेको थियो । त्यसयता यो प्रडक्ट विकासकै क्रममा रहेको थियो ।

म्यासेञ्जरमा कोभिविङ फिचर आएसँगै यसले प्राविधिक चुनौती भने सिर्जना गर्न सक्ने ठानिएको छ । किन भने यसले फेसबुक वाच सीडीएन (कन्टेन्ट डिस्ट्रिब्युसन नेटवर्क) लाई नै म्यासेञ्जरमा तानेर ल्याउनेछ ।

facebook_messanger_co-watching_feature

एउटै भिडियोलाई थुप्रै प्रयोगकर्ताका लागि हेर्न मिल्ने बनाउने कार्यले सिंक्रोनाइेसनलाई कसिलो बनाउनेछ । यस्तो अवस्थामा कुनै व्यक्ति स्लो इन्टरनेट भएको ग्रामीण क्षेत्रमा र अर्को प्रयोगकर्ता सहरी क्षेत्रमा भएको अवस्थामा ती दुवैले एउटै समयमा भिडियोको समान भाग देख्न सक्ने कार्य कठीन हुनसक्छ ।

यो फिचर प्रयोग गर्न प्रयोगकर्ताहरु सुरुमा म्यासेञ्जर भिडियो कल तथा म्यासेञ्जर रुममा जम्मा हुनुपर्नेछ । तर फेसबुक वाच वा अन्य कुनै ठाउँबाट यसका लागि जोडिन भने मिल्ने छैन ।

तस्वीरः फेसबुक

भिडियो कलमा आवद्ध भइसकेपछि स्क्रिनको तलतर्फबाट माथि स्वाइप गर्दा खुल्ने ड्रवेरमा गएर नयाँ अप्सन चयन गरी कोवाचिङ सेसन सुरु गर्न सकिनेछ । सुरुवाती समयमा यो फिचर एन्ड्रोइड र आईओएस डिभाइसमा मात्र उपलब्ध हुने फेसबुकले जनाएको छ ।

कोवाचिङ भित्र प्रवेश गरिसकेपछि देखिने इन्टरफेसबाट प्रयोगकर्ताले एकसाथ हेर्नका लागि ब्राउज वा कुनै कुरा सर्च गर्न सक्नेछन् । फेसबुक वाच कन्टेन्ट टिभी एण्ड मुभी, वाच्ड (भर्खरै हेरिएको कन्टेन्ट भित्र), अपलोडेड (तपाईंको आफ्नै भिडियो), सजेस्टेड जस्ता क्याटेगरीभित्र फेला पार्न सकिनेछ ।

तस्वीरः फेसबुक

प्रयोगकर्ताहरुले प्लेलिस्ट तथा क्यू तयार पार्न नसकेपनि सबै सहभागीले भिडियो छनौटका लागि सहयोग भने गर्न सक्नेछन् । यसको अर्थ कुनै पनि व्यक्तिले अर्काको अनुभवलाई नियन्त्रण वा निर्देशन दिन सक्नेछैनन् । हरेकले भिडियो स्टप, पज, अगाडि वा पछाडि जानसक्ने सुविधा पाउने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०