close

सिडिएससीको नयाँ एप आउँदै, अब मोबाइलबाटै शेयर कारोबार गर्न मिल्ने

टेकपाना टेकपाना

भदौ ३०, २०७७ ७:५२

सिडिएससीको नयाँ एप आउँदै, अब मोबाइलबाटै शेयर कारोबार गर्न मिल्ने

काठमाडाैं । धितोपत्रको केन्द्रीय निक्षेप प्रणालीको सञ्चालक सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले  बुधबार माेबाइल एप्लिकेशन सार्वजनिक गर्ने भएकाे छ । लगानीकर्ताले सबै काम माेबाइलबाटै गर्न मिल्ने गरी एप ल्याउन लागिएकाे बताइएकाे छ ।

सिडिएससीमेराे सेयर काे वेबसाइटमा भएका सबै फिचर एपमा पनि उपलब्ध हुनेछ । प्रयाेगकर्ताले एपबाटै शेयर काराेबारकाे सूचना प्राप्त गर्न सक्दछन् । साथमा एपबाटै सर्वसाधारणले प्राथमिक शेयरमा समेत आवेदन गर्न सक्नेछन् भने इडिआइएस समेत त्यहीबाट पठाउन सकिनेछ ।

सीडिएससीले सर्वसाधारणमा बुधबारदेखि परीक्षणको लागि एप खुला गर्नेछ । त्यसकाे केही दिनपछि एपबाट नियिमत सेवा प्रवाह हुने बताइएकाे छ ।

पछिल्लो समय शेयर आवेदनमा देखिएको समस्या समेत करिब करिब समाधान हुने बताइएको छ। नेप्सेकाे ट्रेडिङ म्यानेजमेन्ट सिस्टममा समस्या हल हुने विश्वास लिइएकाे छ ।

एक साताभन्दा बढी समयदेखि नेप्सेको अनलाइन कारोबारमा पटक पटक समस्या देखिएको छ। अनलाइनमा समस्या देखिएपछि कारोबार समय लम्व्याउँदै आइएको छ ।

विकसित मोबाइल एप सर्वसाधारणले एन्ड्रोइड र एप्पल दुवै मोबाइलमा चलाउन सक्नेछन्।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०