close

भारतमा टिकटकको विकल्पमा गुगलले सुरु गर्‍यो युट्युब शर्ट्स

टेकपाना टेकपाना

भदौ ३०, २०७७ १७:३

भारतमा टिकटकको विकल्पमा गुगलले सुरु गर्‍यो युट्युब शर्ट्स

काठमाडौं । गुगलले भारतमा युट्युब शर्ट्स नामक एप्लिकेसन सार्वजनिक गरेको छ । कम्पनीले टिकटक जस्तै १५ सेकेन्डको छोटो भिडियो शेयर गर्न मिल्ने शर्ट्सकाे बेटा भर्सन भारतमा सार्वजनिक गरेको हो ।

भारतले टिकटकमाथि लगाएको प्रतिबन्धपछि विभिन्न कम्पनीहरु टिकटक जस्तै छाेटाे भिडियो शेयर गर्न मिल्ने एप सार्वजनिक गर्न प्रतिस्पर्धा गरिरहेका छन् । यसअघि इन्स्टाग्रामले पनि भारतमा टिकटक जस्तै रील्स नामक एप्लिकेसन सार्वजनिक गरेको थियो ।

उक्त एप अमेरिकामा प्रयोग भएको भएतापनि अन्य मुलुकमा प्रयाेग भएकाे थिएन । भारतमा टिकटकमाथि प्रतिबन्ध लगाएसँगै कम्पनीले भारतमा उक्त सेवा सुरु गरेको थियो । यसैबीच गुगलले पनि भारतबाट आफ्नो बजारलाई अघि बढाएको छ ।

उसले युट्युब शर्ट्सको बेटा भर्सन भारतमा सार्वजनिक गरेको हो । यसले भारतमा प्रतिबन्ध र अमेरिकाको कारोबार बेच्नुपर्ने अवस्था भएको बेला टिकटकका लागि यो ठूलो चुनौती हुन सक्नेछ ।

शर्टसको बेटा भर्सनसँगै कम्पनीले यसका लागि आवश्यक पर्ने नयाँ क्यामेरा तथा केही एडिटिङ टुलहरु पनि छिट्टै आउने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०