close

गुगलको प्रतिबन्धपछि फेरियो ह्वावेको भाग्य, मोबाइल सर्भिसमा एक वर्षमै छलाङ

टेकपाना टेकपाना

भदौ ३०, २०७७ १५:२४

गुगलको प्रतिबन्धपछि फेरियो ह्वावेको भाग्य, मोबाइल सर्भिसमा एक वर्षमै छलाङ

काठमाडौं । गुगल माेबाइल सर्भिस (जीएमएस) जस्तै ह्वावेकाे पनि आफ्नै माेबाइल सर्भिस छ । यसकाे नाम हाे ह्वावे माेबाइल सर्भिस अर्थात् (एचएमएस)।  ह्वावेकाे डिभाइसका लागि सार्वजनिक भएका सेवा, एप तथा एपिआईहरूकाे समूह नै ह्वावे माेबाइल सर्भिस हाे ।

ह्रवावेका डिभाइस चल्न यी सर्भिस चाहिन्छ । ह्वावेले आफ्नो मोबाइल सर्भिस एचएमएस प्रणालीमा ८ लाख डेभलपरहरु दर्ता भएको बताएको छ ।

ह्वावेले हरेक वर्ष गर्ने डेभलपर कन्फ्रेन्सकाे २०२० संस्करण गत सेप्टेम्बर १० देखि १२ सम्म भयाे । याे अवसरमा बाेल्दै ह्वावे कन्ज्युमर बिजनेस ग्रुपका अध्यक्ष झाङ पिङले २०२० मा गत वर्षकाे तुलनामा दुई गुणा बढी डेभलपर दर्ता भएकाे बताए ।

याे कन्फ्रेन्समा ह्वावे माेबाइल सर्भिसका ‘बेस्ट प्राक्टिस’ बारे धेरै छलफल भए । झाङले बताएअनुसार एचएमएस इकोसिस्टम विश्वको तेस्रो ठूलो मोबाइल सर्भिस  इकोसिस्टम बनिसकेकाे छ । यति छाेटाे समयमै ह्वावेले धेरै ठूला टिमसँग मिलेर काम गरेकाे छ । 

विश्वको तेस्रो ठूलो इकोसिस्टम- एचएमएस

एचएमएस कोरभित्र ९६ हजार ग्लोबल एपहरु इन्टिग्रेटेड भइसकेका छन् । एचएमएस कोर विश्वभरी लन्च भइरहेको छ । यसमा ह्वावे म्युजिक, ह्वावे भिडियो, ह्वावे थिम्स, ह्वावे रिडर र ह्वावे गेमसेन्टर जस्ता कन्टेन्ट एपहरु रहेका छन् ।

वास्तवमा ह्वावे मोबाइल सर्भिस गुगलको मोबाइल सर्भिस जस्तै एउटा डेडिकेटेड सर्भिस हो । यसभित्र ह्वावे डिभाइससँग सार्वजनिक भएका सेवा र एपहरु रहेका हुन्छन् । एचएमएसमा सातवटा महत्पूर्ण सर्भिस र एचएमएस कोर छन् जसले प्लेटफर्ममा एप डेभलपमेन्टलाई सहयोग गर्दछ । 

अहिले ह्वावेको एप ग्यालरीमा ७३ हजार लोकल एपहरु छन् । गत वर्ष यो संख्या ६ हजार मात्र थियो । अहिले प्रयोगकर्ता संख्या पनि बढेर विश्वभर ७० करोड पुगेको छ । यसमा लोकल एप र सर्भिसहरु प्रत्येक दिन नियमित अनबोर्ड भइरहेका छन् ।

२०२० को जनवरीदेखि अगस्टसम्म शीर्ष तीन एप स्टोरमध्येको एक एप ग्यालरीभित्रका एप्लिकेसनहरु २ खर्ब ६१ अर्ब पटक वितरण भएका थिए । 

यसवर्षको मे महिनादेखि एचएमएस मोबाइल फोनको ग्लोबल सेल तीब्र गतिमा बढेको छ । यसबीच एचएमएसले डेभलपर्स, पार्टनर र विशेषगरी विश्वभरका उपभोक्ताबाट राम्रो सहयोग समर्थन पाएको छ । 

झाङले डेभलपर कन्फ्रेन्स मार्फत धेरै डेभलपर र पार्टनरलाई आफूसँग जोडिन र विश्वभरका मानिसहरुलाई फाइदा दिन पूर्ण रुपमा खुलेर आफ्नो अन्वेषण लिएर आउन आह्वान गरेका छन् । 

पाँच आधारभूत सर्भिस इन्जिन सार्वजनिक 

ह्वावेले पाँचवटा आधारभूत सर्भिस इंजिन; सर्च, म्याप, पेमेन्ट, ब्राउजर र एड ग्लोबल डेभलपरका लागि सार्वजनिक गरेको छ । 

एचएमएसको सर्च इंन्जिन विश्वभरका १७० वटा मुलुक र क्षेत्रहरुमा उपलब्ध छन् । यसले एप, स्पोर्ट, फाइनेन्स लगायतका २० वटा भन्दा धेरै भर्टिकल विजनेस इन्डस्ट्रिजका लागि अन्वेषक तथा विविध सर्च एक्सपेरियन्स ५० भन्दा धेरै भाषामा उपलब्ध गराइरहेको छ । 

यस्तै एचएमएसको म्याप इन्जिनले हालसम्म १८ करोड भन्दा धेरै पीओआई इन्फर्मेसन पिस संकलन गर्नुका साथै रुट प्लानिङ, ड्रयाग एण्ड ड्रप थ्री डी सिन लेआउट, फूल सिन स्पाटल कम्प्युटिङ क्षमता र सानो एआर वाकिङ नेभिगेसन  जस्ता ११ क्षमताहरु खुल्ला गरेको छ ।

अहिले दुई हजारभन्दा धेरै स्थानीय एपहरु एचएमएस म्याप इन्जिनभित्र इन्टिग्रेट भएको छ । एचएमएस पेमेन्ट इन्जिनले डेभलपर्सलाई ग्लोबल तथा लोकल मोबाइल पेमेन्ट क्षमता उपलब्ध गराएर डेभलपरहरुलाई बिजनेस सफलता प्राप्त गर्न सहयोग पुर्‍याएको छ ।

२०१९ को डेभलपर कन्फ्रेन्सयता आइएपी सर्भिससँग इन्टिग्रेट हुने स्थानीय एप्लिकेसनको संख्या ६१९ प्रतिशतले बढेको छ । 

ह्वावेको ब्राउजरले इन्टेलिजेन्ट, एक्युरेट तथा उच्च गुणस्तरको वेब ब्राउजिङ सेवा उपलब्ध गराउँछ । साथै यसमा क्विक एप डिस्ट्रीब्यूसनको सपोर्ट पनि छ । 

ह्वावे एडले डेभलपर्सहरुलाई व्यवसायिक सफलता प्राप्त गर्नका लागि इफिसियन्ट ट्राफिक मोनिटाइजेसन सेवा उपलब्ध गराउँछ । डेभलपरहरुलाई ग्लोबल मार्केटमा विस्तार हुन पनि यसले मद्दत गर्दछ । अहिले ३१ सयभन्दा धेरै ग्लोबल एपहरु ह्वावेको एडसँग जोडिएका छन् ।

ग्लोबल डेभलपरहरु आफ्नो व्यवसायिक सफलतालाई तीब्रताका साथ अगाडि लगिरहेका छन् ।डेभलपर कन्फ्रेन्स २०२० मा एचएमएस कोर ५.० लाई विश्वभर व्यवसायिक रुपमा प्रयोग गर्न सार्वजनिक भएकाे छ ।

यसले एप सर्भिस, ग्राफिक्स, मिडिया, एआई, स्मार्ट डिभाइस, सेक्युरिटी र सिस्टममा जस्ता सात प्रमुख क्षेहरुमा खुल्ला क्षमतालाई पनि कभर गर्नेछ । 

यसैबीच ह्वावेले आफ्नो भीआर अडियो भिजुअल प्लेटफर्म पनि औपचारिक रुपमा सार्वजनिक गरेको छ । यसले डेभलपरहरुलाई एउटा व्यापक टेक्निकल प्लेटफर्म प्रदान गर्नेछ जसबाट उनीहरुले उपभोक्ताका लागि डिस्रप्टिभ र अन्वेषक अडियो भिजुअल अनुभव प्रदान गर्न सक्छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०