close

एप्पल वाच एसई र वाच सिरिज सिक्स सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

भदौ ३०, २०७७ २३:४१

एप्पल वाच एसई र वाच सिरिज सिक्स सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । एप्पलले एप्पल वाच एसई सार्वजनिक गरेको छ । आज भएको एप्पलको अनलाइन लञ्च इभेन्टमा यो प्रडक्ट सार्वजनिक गरिएको हो । स्वस्थ र तन्दुरुस्त रहनका लागि एप्पल वाच एसईमा विभिन्न फिचर समावेश गरिएको छ ।

यसले एप्पल वाच सिरिज फाइभ चिपसेट प्रयोग गरेको छ । साथै फेमिली सेटअपसहितकाे नयाँ फिचरमा यो वाच आएको छ । यसले नयाँ वाच सिरिज सिक्स जस्तै वाच अपरेटिङ सिस्टम सफ्टवेयर प्रयोग गरेको छ । यसकाे मूल्य २७९ डलर रहेकाे छ ।

त्यस्तै एप्पलले बहुप्रतिक्षित स्मार्टवाचको रुपमा रहेको एप्पल वाचको सिरिज सिक्स पनि सार्वजनिक गरेको छ । एप्पल वाच सिरिज फोर र सिरिज फाइभ जस्तै डिजाइन भएको यो वाचले रगतमा भएको अक्सिजनको मात्रा मापन गर्न सक्छ ।

यसमा रगतमा भएको अक्सिजनको मात्रा पत्ता लगाउत र निन्द्रालाई ट्र्याक गर्न सकिने फिचरका विविध सेन्सरहरु प्रयोग गरिएको छ । एप्पल वाच सिरिज सिक्स वाच ओएस सेभेनमा रन हुनेछ ।

जुन कम्पनीले यसै वर्षको सुरुवाती समयमा आयोजना गरिएको वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्समा सार्वजनिक गरेको थियो । यो सफ्टवेयर सिरिज थ्री यताका सबै मोडेलमा सपोर्ट गर्नेछ । यसकाे मूल्य ३९९ डलर ताेकिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०