close

पूर्वी क्षेत्रमा अनलिमिटेड इन्टरनेट सेवा विस्तार गर्दै भायनेट

टेकपाना टेकपाना

भदौ ३१, २०७७ ६:५७

पूर्वी क्षेत्रमा अनलिमिटेड इन्टरनेट सेवा विस्तार गर्दै भायनेट

सुनसरी । इन्टरनेट सेवा प्रदायक भायनेटले देशैभर सेवा विस्तार गर्ने याेजना अनुरूप विभिन्न ठाउँमा शाखा सञ्चालनमा ल्याएकाे छ । यसअन्तर्गत कम्पनीले इनरूवामा अप्टिक्स इन्टरनेट र आईपीटीभी सेवा विस्तार गर्ने भएको छ ।

भायनेटले इनरुवामा सेवा उपलब्ध गराउनका लागि दुहबी रोडमा आफ्नो नयाँ शाखा खोल्न लागेको हो । कम्पनीका अनुसार अब इनरुवावासीहरुले आफ्नो घर तथा अफिसमा भायनेटको अनलिमिटेड इन्टरनेट प्लान प्राप्त गर्नको लागि भायानेटको शाखाहरुमा सम्पर्क गर्न सक्नुहुनेछ ।

एफटीटीएच सेवा सन् २०११ मा लन्च गरेको थियो । कम्पनीसँग आफ्नै आईपीटीभी सेवा पनि छ । कम्पनीले सेवा उपलब्ध रहेका ठाउँमा नयाँ ग्राहकका लागि ४८ घण्टाभित्र इन्टरनेट जडान गर्ने सुविधा दिइरहेकाे छ ।

घर वा अफिसमा भायनेट जडान गर्न चाहेमा ४८ घण्टाभित्रै ग्राहकको घरमा भायनेटको इन्टरनेट चल्न थाल्ने कम्पनीले जनाएको छ ।

देशका विभिन्न भागमा काेराेना महामारीको बेलामा पनि आफना ग्राहकलाई सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले उल्लेख गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०