close

यसरी सरल रुपमा बुझ्नुहोस्, प्रिपेड र पोस्टपेड सिम

टेकपाना टेकपाना

भदौ ३१, २०७७ १२:०

यसरी सरल रुपमा बुझ्नुहोस्, प्रिपेड र पोस्टपेड सिम

काठमाडौं । मोबाइल प्रविधिमा सिम अत्यावश्यक वस्तु हो । यसको पूर्ण रुप भनेको  ‘सब्सक्राइबर्स आइडेन्टिफिकेसन मोड्युल’ हो । नेपाली भाषामा यसलाई उपभोक्ता पहिचान ईकाई भनिन्छ । 

सिम विशेषगरी दुई प्रकारका हुन्छन्, प्रिपेड सिम र पोस्टपेड सिम । प्रिपेड र पोस्टपेडको बारेमा तपाईंले सुन्दै आइरहनु भएको होला । तर यसको बारेमा थाहा नहुन सक्छ । आज हामी तपाईंलाई यसको बारेमा बताउँदै छौं । 

प्रिपेड सिम

प्रिपेड सिमको अर्थ यसको नामबाट पनि थाहा पाउन सकिन्छ । प्रिपेडको अर्थ हो सेवा लिनुअघि पैसा अनिवार्य भुक्तानी गर्नपर्छ । तपाईंले जति डेटा लिनुहुन्छ वा पैसा जति रिचार्ज गर्नुहुन्छ त्यति मात्र प्रयोग गर्न सक्नुहुन्छ । तपाईंले आपतकालीन समयमा प्रिपेडबाट ऋण पनि लिन सक्नुहुन्छ । पोस्टपेड जस्तो प्रिपेड महंगो हुन्न । यसैकारण प्रिपेड धेरैले प्रयोग गर्छन् । प्रिपेड सामान्य मानिसका लागि हो । 

पोस्टपेड सिम

पोस्टपेडमा तपाईंले आफूलाई चाहेजति फोन कल वा डेटा प्रयोग गर्नसक्नुहुन्छ । तर अन्तिममा ती सबैको पैसा तपाईले भर्पाई गर्नुपर्ने हुन्छ । मासिक, वार्षिक रुपमा तपाईंले यसको पैसा भुक्तानी गर्नसक्नुहुन्छ । प्रिपेड र पोस्टपेडमा अफर पनि विभिन्न किसिमका हुन्छन् ।

ठूला ठूला कम्पनीले आफ्ना कर्मचारीहरुलाई विशेषगरी पोस्टपेड सिम वितरण गर्ने गर्छन् । पोस्टपेड सिममा कर्मचारीले महिनामा कति बिल उठायो, के केमा कल गर्‍यो भनेर ट्रयाक गर्न मिल्छ । तर प्रिपेडमा यो सम्भव हुन्न । पोस्ट पेड सिम महंगो हुन्छन् र यसमा प्लान हुन्छ ।

प्रिपेडमा सामान्यत एक सय, दुई सय, पाँच सय, हजार रूपियाँका प्लान हुन्छन् । जबसम्म प्रयोगकर्ताले यी प्लान पुरा गर्दैनन्, तबसम्म उनीहरुलाई फाइदा हुन्न ।

पोस्टपेड सिम सामान्य मानिसहरुका लागि खासै प्रयोग हुँदैन । यो प्राय: ब्यापारी र पेशेवर व्यक्तिले प्रयोग गर्छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०