close

आईफोन र आईप्याडका लागि आयो नयाँ अपरेटिङ सिस्टम, यसरी सजिलै गर्नुहोस् अपग्रेड

टेकपाना टेकपाना

भदौ ३१, २०७७ १४:२

आईफोन र आईप्याडका लागि आयो नयाँ अपरेटिङ सिस्टम, यसरी सजिलै गर्नुहोस् अपग्रेड

काठमाडौं । विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलले आजदेखि आईफोन तथा आईप्याड प्रयोगकर्ताका लागि नयाँ अपरेटिङ सिस्टम आईओएस फोर्टिन र आईप्याड फोर्टिन उपलब्ध गराएको छ ।

मंगलबारको अनलाइन इभेन्टमार्फत कम्पनीले यसको रोलआउट बारे जनाकारी दिएको छ । एप्पलले सन् २००७ मा आईफोन सार्वजनिक गरेसँगै हरेक पटक आईओएसमा नयाँ नयाँ अपडेट उपलब्ध गराउँदै आएको छ ।

विभिन्न फिचर थप्दै आएको कम्पनीले पछिल्लो अपडेटमा डार्क मोड, मल्टी-टास्किङ, सुरक्षा फिचर रहेका छन् ।

आईओएस फोर्टिनमा कम्पनीले होम स्क्रीनका लागि विजेट, परिस्कृत भर्सनकाे सर्च फिचर, इमेल र वेव ब्राउजरमा डिफल्ट एप छनोट गर्ने मिल्ने सुविधा र व्यवस्थित म्यासेज रहेको छ ।

इन्स्टल गर्नुपहिले अपनाउनुहोस यी कार्य

नयाँ संस्करणको ओएस उपलब्ध भयो भन्नेबित्तिकै त्यसलाई इन्स्टल गरिहाल्नु हुँदैन् । त्योभन्दा अघि तपाईंले केही काम गर्न आवश्यक छ । जसले तपाईंको फोन तथा आईप्याडको नयाँ अपडेटमा सहज गर्नेछ । नयाँ अपडेट इन्स्टल गर्नुपूर्व तपाईंले फोनको स्टोरेज भने केही खाली गर्दा उपयुक्त हुन्छ ।

यी आईफोन तथा आईप्याडमा उपलब्ध हुनेछ नयाँ अपडेट

यसरी गुर्नहोस नयाँ अपडेट

तपाईंले यसअघि जस्तै सहजै रुपमा आईओएस फाेर्टिन र आईप्याड फाेर्टिन दुवै सफ्टवेयर अपडेट गर्न सक्नुहुनेछ । त्यसका लागि सुरुमा तपाईंले चार्जमा मोबाइल राख्दा उपयुक्त हुनेछ । किनभने अपडेटको लागि लामे समय लाग्ने हुँदा चार्ज सकिन सक्छ ।

साथै वाईफाई कनेक्सन राम्रो भयो भने सबैभन्दा उपयुक्त हुन्छ । यती भइसकेसँगै तपाईं आफ्नो आईफोन तथा आइप्याड खोल्नुहोस र उल्लेखित प्रक्रिया अपनाउनुहोस् ।

त्यसका लागि सुरुमा ‘सेटिङ’ एप खोल्नुहोस । त्यहाँ रहेको ‘जनरल’ अप्सनमा क्लिक गर्नुहोस् । अनि ‘सफ्टवेयर अपडेट’ मा क्लिक गर्नुहोस ।

यति गरीसक्दा तपाईंको डिभाइस एप्पलको सर्भरमा कनेक्ट हुनेछ । र त्यहाँ डाउनलोड र ‘इन्स्टल द अपडेट’ भन्ने अप्सन देख्नु हुनेछ । त्यसमा क्लिक गर्नुहोस् ।

यसपछि तपाईंको अपडेट सुरु हुन्छ । अपडेटसँगै फोन रिबूट हुनेछ र खुल्दा तपाईंले नयाँ आईओएस प्राप्त गर्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०