close

दशैंका लागि अनलाइनबाटै लोकल खसी र कुखुरा किन्न पाइने, साथमा आकर्षक उपहार

टेकपाना टेकपाना

भदौ ३१, २०७७ १५:२७

दशैंका लागि अनलाइनबाटै लोकल खसी र कुखुरा किन्न पाइने, साथमा आकर्षक उपहार

काठमाडौ। ग्यापु डटकमले दशैलाई लक्षित गरि लोकल खसी, कुखुरा र हाँस होम डेलिभरि गर्ने भएको छ। चेन रेस्टुरेन्टमा लोकप्रिय बाजेको सेकुवासँगको समन्वयमा जिउँदै, खुइल्याएको र काटेर टुक्रा गरी उपभोक्ताको मागअनुसार होम डेलिभरी गर्ने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए।

साथै ग्यापुले दशैंमा पचास लाख बढीको उपहार, क्यास ब्याक, छुट र बम्पर अफर ल्याउने जानकारी उनले दिए ।

‘अधिकाशं मानिसहरु खसी किन्दा रङ, सिङ हेरेर र तौल जोखेर लिने गर्छन्,’ उनले भने, ‘हामी यो कुरालाई पनि सहज बनाउँदै छौं, सामाजिक सञ्जाल मार्फत भिडियो कल गरेर उपभोक्तालाई देखाएर रोजेको खसी डेलिभरी गर्दैछौं ।’ 

दशैंमा उपत्यकामा तीन हजार खसी बेच्ने उद्देश्यले ग्यापुले खसीको प्रि-बुकिङ पनि सुरु गरिसकेको छ । उपभोक्ताले अहिले नै खसी घरमै लगेर पाल्ने भए पनि होम डेलिभरी गरिने खड्काले बताए। 

होम डेलिभरी सेवा भरपर्दो भएकोले समन्वय गरी काम गरेको बाजेको सेकुवाका सञ्चालक चेतन भन्डारी बताउँछन्। 

ग्राहकले सामान खरिद गर्दा फोन पे, कनेक्ट आईपीएस, सेल पे, ईसेवा, खल्ती, आईएमई पे, प्रभु पेबाट भुक्तानी गर्न सक्छन् भने डेलिभरीकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत उपलब्ध छ ।

साथै ग्राहकले डेलिभरीको समयमा नगद पनि दिन सक्नेछन् ।

लकडाउनकै अवधिमा स्थापना भई आक्रमक व्यापार गरिरहेको ग्यापुले छोटो समयमै चार दर्जन बढीलाई रोजगार दिन सफल भएको छ ।

ग्यापुले विभिन्न कम्पनी र ठूला सप्लायर्ससँग सहकार्य गरेर उपत्यकाभित्र सेवा दिइरहेको छ।

सामान बिक्री भएको ३ देखि ५ दिनभित्रै भेन्डरलाई भुक्तानी दिने बताउँदै खड्काले नि:शुल्क सामान डेलिभरी गरिने बताए।

ग्यापुले गत सातादेखि फूड डेलिभरी व्यवसायमा पनि हात हालेकाे छ ।

याे पनि पढ्नुहाेस् : भियतनाम र भारतमा समेत सेवा विस्तार गर्दै नेपाली ईकमर्स कम्पनी ग्यापु

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०