close

जाभा प्रोगामिङमा सीप बढाउन चाहनेका लागि निःशुल्क सेसन सञ्चालन हुँदै

टेकपाना टेकपाना

भदौ ३१, २०७७ १६:४७

जाभा प्रोगामिङमा सीप बढाउन चाहनेका लागि निःशुल्क सेसन सञ्चालन हुँदै

काठमाडौं । ब्रोडवे इन्फोसिसले तीन दिनको नि:शुल्क जाभा प्रोग्रामिङ सेसन सञ्चालन गर्ने भएको छ । असाेज ९ देखि तीन दिनसम्म सञ्चालन हुने यो सेसन दैनिक दिउँसाे १ बजेदेखि डेढ घण्टासम्म सञ्चालन हुनेछ । 

याे सेसनमा प्राइमेरी काेडिङ, स्काेप र एप्राेच गरी जाभा प्राेगामिङका मुख्य तीन कक्षा सञ्चालन हुनेछ । इच्छुक विद्यार्थीहरुले सी प्रोग्रामिङ सेसनमा सहभागी हुन याे फर्म भर्नुपर्नेछ । 

जाभा प्रोग्रामिङको क्षेत्रमा दशकौं लामो अनुभव बोकेका विज्ञहरुबाट उक्त सेसन सञ्चालन हुने ब्रोडवेले जानकारी दिएको छ । 

ब्राेडवेले यसअघि विभिन्न शीर्षकमा निःशुल्क अनलाइन तथा भर्चुल कक्षा समेत सञ्चालन गरिरहेको छ ।

हालै सी प्राेगामिङकाे निःशुल्क सेसन सञ्चालन गरेको ब्रोडवेले यसअघि पाइथन, क्वालिटी अस्युरेन्स, वर्डप्रेस, वेब डिजाइनिङ यूआई यूएक्स, पीएचपी लाराभेल, मर्न स्ट्याक, ग्राफिक्स मल्टिमिडिया विषयमा निःशुल्क सेसन सम्पन्न गरिसकेकाे छ ।

त्यस्तै इन्कम ट्याक्स भ्याट र बिजनेश रजिस्ट्रेशन, अमेजन वेब सर्भिस, डिजिटल मार्केटिङ लगायतका कोर्षमा पनि निःशुल्क सेसन सम्पन्न भइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०