close

ई-सेवामा टेकपाना प्राेमाे काेड प्रयाेग गर्दा ५० रूपैयाँसम्म क्यास ब्याक

टेकपाना टेकपाना

असोज १, २०७७ १५:१०

ई-सेवामा टेकपाना प्राेमाे काेड प्रयाेग गर्दा ५० रूपैयाँसम्म क्यास ब्याक

काठमाडौं । शुक्रबार टेकपाना मिडिया पहिलो वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गर्दैछ । यही अवसरमा ई–सेवा प्रयोगकर्ताले ‘TECHPANA’ प्रोमो कोड प्रयोग गरी कुनै पनि सेवाको भुक्तानी गर्दा ५० रुपैंयाँसम्म क्यास ब्याक पाउने भएका छन् ।

यो याेजना आज राती १२ बजेबाट सुरु भएर शुक्रबार राती १२ बजेसम्म रहनेछ । यो अवधिमा ई-सेवा प्रयोगकर्ताले खानेपानी, बिजुली, इन्टरनेट, टेलिभिजन, मोबाइल टप-अप लगायतका जुनसुकै सेवाको भुक्तानी गर्दा पनि ५० रुपैयाँ क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

तपाईंले अहिले ई–सेवाबाट रिचार्ज गर्नु भएको खण्डमा बढीमा दुई प्रतिशतसम्म क्यासब्याक पाउँदै आउनु भएको छ । तर शुक्रबार ‘TECHPANA’ प्रोमो कोड प्रयोग गरी कारोबार गर्दा ५० रुपैयाँसम्म शतप्रतिशत र सय रुपैयाँसम्म ५० प्रतिशत र त्यो भन्दा बढिको कोरोबारमा भने ५० रुपैयाँ क्यास ब्याक पाउनु हुनेछ ।

यसका लागि न्युनतम १० रुपैंयाको कारोबार हुनुपर्नेछ । उदाहरणका लागि यदि तपाईंले मोबाइलमा १० रुपैयाँ रिचार्ज गर्नुभयो भने तपाईंले १० रुपैयाँ नै फिर्ता पाउनुहुनेछ । त्यस्तै ५० रुपैयाँ रिचार्ज गर्नुभयो भने ५० रुपैयाँ नै फिर्ता पाउनुहुनेछ ।

तर, त्यो भन्दा बढीको कारोबार गर्नु भएको खण्डमा भने तपाईंले ५० रुपैयाँ मात्रै क्यासब्याक पाउनु हुनेछ । यो सेवा एक जना प्रयोगकताले एक पटक मात्रै प्रयोग गर्न पाउनेछन् । प्रोमो कोड प्रयोग गरी कारोबार गर्ने पहिलो ४०० जनालाई मात्रै यो सेवा उपलब्ध हुनेछ ।

कारोबार भएको २४ घण्टाभित्र सबैभन्दा पहिले याे सेवा प्रयाेग गर्ने चार सय जनाले क्यासब्याक प्राप्त गर्नेछन् । यसका लागि ई-सेवाको मोबाइल एप वा वेबमार्फत अनलाइन कारोबार गर्नुपर्ने हुन्छ ।

कसरी प्रयोग गर्ने प्राेमो कोड ?

त्यसका लागि सुरुमा ई-सेवामा लगईन गरी आफूले कारोबार गर्न लागेको सेवा छनोट गर्नुहोस् ।

Login to your eSewa app and choose the desired feature

यदि मोबाइल टपअप गर्ने हो भने आवश्यक जानकारी (रिचार्ज गर्ने मोबाइल नम्बर र रिचार्ज गर्ने रकम) हाल्नुहोस् ।

Enter the payment details

त्यसपछि त्यहाँ तपाईंले तल ‘ह्याब अ प्रोमो कोड’ भन्ने अप्सन देख्नुहुनेछ । उक्त अप्सनमा क्लिक गर्नुहोस् । त्यहाँ क्लिक गरेसँगै तपाईंले प्रोमो कोड हाल्नुपर्ने हुनेछ । उक्त प्रोमो कोडमा तपाईंले ‘TECHPANA’ हाली कन्फर्म गर्नुहोस् ।

अन्त्यमा ‘एमपिन’ कोड राखेर कारोबार गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०