close

प्रविधिमा ओप्पोको १६ वर्षे यात्रा : डिभिडी प्लेयरदेखि फाइभजी स्मार्टफोनसम्म

टेकपाना टेकपाना

असोज १, २०७७ १६:१६

प्रविधिमा ओप्पोको १६ वर्षे यात्रा : डिभिडी प्लेयरदेखि फाइभजी स्मार्टफोनसम्म

काठमाडौं । चिनियाँ टेक ब्राण्ड ओप्पोले आज १६औँ बर्षिकोत्सव मनाउँदै छ । विश्वको स्मार्टफोन बजारमा शीर्ष ब्राण्डको सूचीमा ओप्पोको नाम पनि लिने गरिन्छ ।

‘ओप्पोको यो यात्रामा साथ दिने सबै उपभोक्ता, साझेदार, कर्मचारी जसको प्रतिबद्धता र समर्थनले हाम्रो सफलताको सम्भव बनाइदिएको छ, सबैप्रति हामी हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छौं’, ओप्पोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोन चनले भने ।

सुरूवाती दिनमा कम्पनीले ब्लु रे प्लेयर र डिभिडी प्लेयर बनाएर बजारमा बेच्थ्याे । विस्तारै माेबाइल डिभाइसकाे बिजनेश, इन्टरनेट अफ थिङ्स, आर्टिफिसियल इन्टेलिजेन्स समाहित भएका प्रडक्टमा कम्पनीले काम गर्न थाल्याे ।

ओप्पोले पछिल्लो समय हार्डवेयर, सफ्टवेयर र इन्टरनेट सेवामा कोर टेक्नोलोजी उत्पादन गर्दै आएको छ । इयर बर्ड, स्मार्टवाचदेखि फाइभजी सिपिईका प्रडक्टहरुमा पनि ओप्पोले हात हालेको छ ।

यस बर्ष ओप्पोले फाइभजी, एआई, ईमेजिङ र भोक फ्ल्याश चार्जिङ तथा कञ्जुमर टेक्नोलोजीकाे क्षेत्रमा राम्रो व्यापार गरेको कम्पनीले बताएको छ ।

अगस्ट महिनामा नयाँ पुस्ताको हाइब्रिड जूम प्रविधि सार्वजनिक गरेको ओप्पोले तस्वीरका गुणस्तरको स्तरलाई नयाँ उचाई प्रदान गर्ने विश्वास लिएको छ ।

साथै, फ्ल्याश चार्ज प्रविधिमा ओप्पोको अग्रतालाई थप सुदृढ बनाउँदै १२५ वाट फ्ल्याश चार्जले प्रतिनिधित्व गरिरहेको फ्ल्याश चार्जको नयाँ लाइनअप पनि कम्पनीले सार्वजनिक गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०