close

टेलिकमले दिने भयो ५५ रुपैयाँमा फेसबुक र युट्युब अनलिमिटेड प्याक

टेकपाना टेकपाना

असोज १, २०७७ १७:३८

टेलिकमले दिने भयो ५५ रुपैयाँमा फेसबुक र युट्युब अनलिमिटेड प्याक

काठमाडौं । नेपाल टेलिकमले असोस ३ गतेको संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक लगाएका विभिन्न डेटा प्याक उपलब्ध गराउने भएको छ ।

कम्पनीले यही असोज २ देखि ४ गतेसम्मका लागि ५५ रुपैयाँमा अनलिमिटेड युट्युब तथा ५५ रुपैयाँमै अनलिमिटेड फेसबुक प्याक खरिद गर्न सकिने जनाएको छ । उक्त प्याकेज तीन दिनसम्म प्रयोग गर्न सकिने उल्लेख गरिएको छ ।

साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा १ जीबी डेटा प्याक खरिद गरी डेटा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

हालसमर अफरअन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डेटा प्याक ८ सय ५० मा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतले छुट प्रदान गर्ने भएको हो । सो अनुसार यो प्याक २०७७ असोज २, ३ र ४ गते जम्मा ५ सय ५५ मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

संविधान दिवसका अवसरमा उपलब्ध गरिएका यी अफरहरु *1415*11# डायल गरी प्राप्त गर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०