close

युट्युब लगायतका अनलाइन माध्यमको आम्दानी अब बैंक खातामार्फत

टेकपाना टेकपाना

असोज १, २०७७ २२:१२

युट्युब लगायतका अनलाइन माध्यमको आम्दानी अब बैंक खातामार्फत

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन कारोबार गरेबापत विदेशबाट भित्रिने मुद्रा नेपालका बैंकको खातामा रकमान्तर हुने व्यवस्था ल्याएको छ ।

बैंकले एक सूचना जारी गर्दै विदेशबाट वैधानिक विधिबाट मुद्रा नेपाल भित्र्याउन विभिन्न अनलाइन भुक्तानीकाे सेवा गरी सिधै नेपालका बैंकमा रकम बचत गर्न सकिने सुविधा ल्याएकाे हाे ।

याे व्यवस्थाले विदेशी रकमलाई नेपालीमा रकमान्तर गर्न सघाउ पुग्ने विश्वास गरिएकाे छ । हुण्डी र अन्य अनाधिकृत माध्यमबाट आउने रकमले अहिले ठूलाे समस्या सिर्जना गरेकाे छ ।

बैंककाे सूचना अनुसार सूचना प्रविधि सम्बद्ध दक्षता/विज्ञताको निकासी बिक्री वापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामाग्रीहरु राखिएवापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तर्राष्ट्रिय व्यावसायिक/व्यापारिक कारोबार बापत प्राप्त हुने रकम बैंकिङ प्रणालीबाट ल्याउने व्यवस्था भएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०