close

नेपाली बजारमा साओमीका आधुनिक एन्ड्रोइड टिभी, यस्तो छ विशेषता र मूल्य

टेकपाना टेकपाना

असोज २, २०७७ १३:३७

नेपाली बजारमा साओमीका आधुनिक एन्ड्रोइड टिभी, यस्तो छ विशेषता र मूल्य

काठमाडौं । साओमीले नेपाली बजारमा स्मार्टफाेन र इयरफाेनसँगै टिभी पनि विस्तार गरेकाे छ । कम्पनीले मी टिभी ४एक्स (५५ इन्च) र मी एलईडी टिभी ४ए प्रो (४३ इन्च) सार्वजनिक गरेको छ ।

साओमीले दुई हप्ताअघि मात्रै नेपाली बजारमा रेडमी इयरफोन ल्याएको थियो । उत्कृष्ट सफ्टवेयरका साथ स्मार्ट टिभी ल्याएकाे कम्पनीले बताएकाे छ ।

मी टिभी फाेर एक्स (५५ इन्च) २०२० संस्करण

मी टिभी फाेर एक्स (५५ इन्च) २०२० संस्करणले नेपालमा ठूलो टिभीमा महत्वपूर्ण परिवर्तन ल्याएको छ । यसमा फाेरके टेन बिट एचडीआर डिस्प्ले सुविधा छ, जसलाई साओमीको इनहाउस इमेज प्रोसेसिङ अल्गोरिदम, भिभिड पिक्चर इञ्जिनले पूरक गरेको छ ।

यसमा इमर्सिभ अडियो भिजुअल अनुभव गर्न सकिने जानकारी कम्पनीले दिएकाे छ । टिभीमा २० वाट स्पिकर, डल्वी अडियो र डीटीएस एचडी प्रयाेग गरिएकाे छ । ।

मी टिभी फाेर एक्स (५५) २०२० संस्करण गुगलको नयाँ एन्ड्रोइड टिभी ९.० को साथ गुगल एसिसटेन्ट, युट्युब, क्रोमकास्ट, गुगल प्ले स्टोर र डाटा सेभर बिल्ट-ईनमा आउँदछ ।

मी एलईडी टिभी ४ए प्रो (४३)

यो नयाँ मी एलईडी टिभी फाेर ए प्रो (४३) ४३ इन्चको १०८०पी पूर्ण एचडी रिजोलुसनको साथ आउँदछ जसले टिभी हेर्ने अनुभवलाई अझ उत्कृष्ट बनाउन थप शिष्टता ल्याउँछ ।

यसमा उत्कृष्ट सञ्चालन अनुभवका लागि साधारण १२ बटनको ब्लुटुथ मी रिमोट सुविधा छ र डुअल २० वाटको स्टेरियो सेटअप छ, जसले डीटीएस-एचडी साउन्ड प्रदान गर्दै उपभोक्ताको घरमा ठूलो टिभीको सिनेमेटिक अनुभव प्रदान गर्दछ ।

मूल्य र उपलब्धता

  • मी टिभी फाेर एक्स (५५) २०२० संस्करण रु. ६४,९९९ मा उपलब्ध हुनेछ
  • मी एलईडी टिभी फाेर ए प्रो (४३) रु.३९,९९९ मा उपलब्ध हुनेछ
  • दुवै टिभीहरुका लागि सेप्टेम्बर १९ (असोज ३ गते) बाट प्रिबुकिङ शुरु हुनेछ र मी एलईडी टिभी ४ए प्रो (४३) सेप्टेम्बर २५ (असोज ९ गते) र मी टिभी ४एक्स (५५) २०२० संस्करण ३० सेप्टेम्बर (असोज १४ गते) बाट अफलाइनमा उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०